२०८१, १३ बैशाख बिहीबार

नुवाकोटका ४३५ नक्कली भूकम्पपीडितबाट रकम फिर्ता

डबली खबर     कार्तिक २१ २०७७ १५:२६

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – दोहोरो भुक्तानी लिएका नुवाकोटका ४ सय ३५ नक्कली भूकम्पपीडितले रकम फिर्ता गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांकअनुसार दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या ४ सय ३५ रहेको छ ।

यसै गरी भूकम्पबाट क्षति भएका २२ जिल्लाहरुका नक्कली भूकम्पपीडितबाट ११ करोड ८० लाख रुपैयाँ फिर्ता भएको इकाइका आयोजना निर्देशक गणेशराज वस्तीले जानकारी दिए । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको वस्तीले जानकारी दिए ।

उनका अनुसार केहीले भने स्वेच्छाले समेत रकम फिर्ता गरेका छन् । कात्तिक १४ सम्मको तथ्यांकअनुसार पहिलो किस्ताबापतको रकम फिर्ता गर्नेको संख्या २ हजार ३८, दोस्रो ४६ र तेस्रो किस्ता फिर्ता गर्ने ६ जना छन् ।

तथ्यांकअनुसार गोरखामा पहिलो किस्ता फिर्ता गर्ने २ सय ७१ जना छन् । दोस्रो र तेस्रो किस्ता फिर्ता गर्ने दुई दुई जना छन् । त्यस्तै काठमाडौंमा पहिलो किस्ता फिर्ता गर्ने ४५ जना छन् । दोस्रो र तेस्रो किस्ता फिर्ता गर्ने एक एक जना छन् । रसुवामा पहिलो किस्ता फिर्ता गर्ने ७ र दोस्रो किस्ता फिर्ता गर्ने ११ जना छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top