+
Search

ताजा अपडेट +

पपुलर +

रहेनन् पत्रकार बर्मा

journalist sitaram prasad barma dhading
डबली खबर
५ साल अगाडी

धादिङ – पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष सितारामप्रसाद वर्माको निधन भएको छ । विगत केही दिनदेखी क्रीष्ट अस्पताल काठमाडौंमा उपचार गराइरहेका धादिङका बरिष्ठ पत्रकार नीलकण्ठ नगरपालिका वडा नम्बर ३ पुछारबजार निवासी बर्माको शुक्रबार बिहान निधन भएको हो ।

बर्मालाई उपचारकै क्रममा कोरोना पोजेटिभ देखिएसँगै पछिल्लो समय परिक्षण गराउँदा कोरोना रिपोर्ट नेगेटिभ आई सकेको थियो तर स्वास्थ्यमा सुधार आउन नसकी ७९ वर्षको उमेरमा निधन भएको प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए । उनको शव आज दिउँसो १२ बजे अस्पतालबाट पशुपति आर्यघाट लगिने परिवारीक स्रोतले जनाएको छ ।

तीन साता अघि मात्रै पत्रबार बर्माको धर्मपत्नी पबित्रादेबी बर्माको श्वासप्रस्वासको समस्याबाट निधन भएको थियो । यस्तै  परिवारमै थप अरू चारजना बुहारी भवानी वर्मा, ज्वाइँ डा. फुँयाल, छोरी निलम वर्मा र छोरा मिलन वर्मामा समेत कोरोना पोजेटिभ देखिएपछि परिवारका सबै सदस्य होम आइशोलेसनमा बसेर उपचार गराइ रहेका छन् । 

वि.सं. १९९९ असोज १९ गते जन्मिएका पत्रकार बर्मा २०५० साल बैशाख १ गतेबाट हालसम्म राष्ट्रिय समाचार समिति (रासस) को धादिङ समाचारदातामा कार्यरत रहेका थिए । त्यस्तै कान्तिपुर, गोरखापत्र, स्पेश टाइम्स दैनिक, च्यानल नेपाल टेलिभिजन, घटना र बिचार साप्ताहिकको जिल्ला संवाददाता भएर पनि काम गरेका थिए ।

नेपाल पत्रकार महासंघ धादिङ शाखाको संस्थापक सभापति भई चारपटकसम्म शाखालाई नेतृत्व दिएका बर्मा धादिङमा हिमाल साप्ताहिक पत्रिकाका प्रकाशक(सम्पादक)समेत हुन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ