+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरीको यात्रु सहायता कक्ष

डबली खबर
६ साल अगाडी

नुवाकोट – बडा दशैं र तिहारलाई लक्षित गर्दै नुवाकोट प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

जिल्ला ट्राफिक कार्यालय नुवाकोटले गत बिहिबार नुवाकोटको बट्टार र बेलकोगढी नगरपालिकाको कोल्पुटारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।

दशैं, तिहारमा हुने यात्रुको चाप, यात्रुमाथि हुन सक्ने अभद्र व्यवहार, यात्रु ठगिने सम्भावना लगायतका कुरालाई मध्यनजर गर्दै यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टले बताए ।

यात्रु सहायता कक्षबाट यात्रुले आफ्नो गन्तव्यसम्म पुग्ने यात्रा भाडा दर, सवारी छुट्ने समयजस्ता कुराहरू सोध्न सक्नेछन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ