+
Search

ताजा अपडेट +

पपुलर +

नेत्रहिनलाई मयेर पण्डितद्वारा आर्थिक सहयोग

mayor sanju pandit helping to blindness people
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले नेत्रहिन भएका व्यक्तिलाई २४ हजार रुपैंयाँ आर्थिक सहयोग गरेका छन् ।

शुक्रबार मेयर पण्डितले विदुर नगरपालिका वडा नं ९ निवासी असहाय नेत्रहिन कृष्ण दमाईलाई नगरपालिकाको कार्यपालिकाको कार्यालयमा नगद २२ हजार रुपैयाँ प्रदान गरेका छन्। यसअघि नै दुई हजार प्रदान गरिसकेको जानकारी दिए ।

“बडा दशैँ सबैले मान्नु पाउनुपर्छ भन्ने उद्देश्य अनुसार हरेक वर्ष यसै समयमा वार्षिक रुपमा आर्थिक सहयोग गर्दै आईरहेको छु” पण्डितले भने, “सामाजिक सुरक्षा भत्ताबाट मात्र जिवनयापनमा गुजारा गर्न कठिन रहेको देखेर आफु निर्वाचित भएदेखि नै आफ्नो व्यक्तिगत खर्चबाट मासिक दुई हजारका दरले वार्षिक २४ हजारको दरले प्रदान गर्दै आईरहेको छु।”

कृष्णसँग टुहुरा भएका भान्जाभान्जी र वृद्ध बुवा बस्दै आईरहेका छन् । परिवार सबैको लालनपालन, शिक्षा एवं जिवनयापनमा टेवा पुर्याउने अभिप्रायले निरन्तर रुपमा सहयोग पुर्याउँदै आईरहेको मेयर पण्डितले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ