+
Search

ताजा अपडेट +

पपुलर +

सुशील कोइराला सोसलिष्ट युथ सर्कल नुवाकोटले पायो पूर्णता

Sushil Koirala Socialist Youth circle nuwakot committee
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – सुशील कोइराला सोसलिष्ट युथ सर्कल नुवाकोटमा २८ सदस्यीय चयन भएसँगै कार्यसमितिले पूर्णता पाएको छ।

केन्द्रिय कार्यान्वयन अनुरुप नुवाकोटमा कार्यसमिति विस्तार गरिएको सर्कलका अध्यक्ष सुरेन्द्र तिमिल्सिनाले बताए।

नवगठित सर्कलको उपाध्यक्षमा सुदिप अधिकारी र शान्ति तामाङ चयन भएका छन्।

यस्तै, सर्कलको सचिवमा रामकृष्ण भट्ट, सहसचिवमा दिपेन्द्र तिमिल्सिना, सन्तोष बोगटी, जीवन ढकाल र दल बहादुर गुरुङ र कोषाध्यक्षमा सलिना रिजाल रहेका छन्।

सदस्यमा बासु रिमाल, रवि तिमिल्सिना, फैसिं तामाङ, रोशन मिश्र लगायतका १९ सदस्यीय रहेका छन्।

गत शुक्रबार असोज २३ गते तिमिल्सिनालाई केन्द्रिय अध्यक्ष ताराबहादुर थापाले नुवाकोटका लागि अध्यक्षमा मनोनित गरेका थिए।

सर्कलले संस्थाको विधि र विधान अनुरुप संस्थाको उद्देश्य निम्ति काम महत्वपूर्ण भूमिका निर्वाह गरिने अध्यक्ष तिमिल्सिनाले बताए । नेपाल विद्यार्थी संघमा कृयाशिल तिमिल्सिना नेपाल विद्यार्थी संघका क्षेत्रिय सदस्य समेत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ