+
Search

ताजा अपडेट +

पपुलर +

२ सय ४२ सामुदायिक तथा छाडा कुकुरहरुको बन्ध्याकरण

bidur municipality dog Rabies vaccine Nepal Animal Welfare and Research Center
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – विदुर नगरपलिकाले आफ्नो क्षेत्रका सामुदायिक तथा छाडा दुई सय ४२ कुकुरहरुको स्थायी बन्ध्याकरण गर्नुको साथै रेबिज विरुद्धको खोप लगाईएको छ।

विदुर नगरपालिका पशुपंक्षी शाखाका प्रमुख विष्णु रिजालका अनुसार चालुआर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सडक कुकुरहरुको स्थायी बन्ध्याकरण तथा रेविज विरुद्धको खोप लगाईएको ।

यही असोज १५ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको कार्यक्रममा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क)सँगको संयुक्त साझेदारीमा स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाईएको नगरप्रमुख संजु पण्डितले बताए ।

“नगरभित्र सडकमा भएको कुकुरले रेविज रोग फैलाउन सक्ने तथा विभिन्न सम्भावित दुर्घटना न्यूनीकरण गर्नको लागि कार्यक्रम सञ्चालन गरिएका हौं”, नगर प्रमुख पण्डितले भने, “नगर क्षेत्रभित्रका सामुदायिक तथा छाडा छोडिएका कुकुरलाई सङ्कलन गरि कार्यपालिकाको कार्यालयमा अस्थाई क्याप खडा गरेर बन्ध्याकरण तथा रेविज विरुद्धको भाक्सिनेसन लगाईएको हो ।”

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ