२०८०, १५ चैत्र बिहीबार

निर्यातमुखि व्यापारमा जोड: महावाणिज्य दुत उदय रानामगर

डबली खबर     आश्विन २६ २०७७ २०:५२

udaya rana mager china trade ambassador nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – मित्रराष्ट्र चीनको हङकङस्थित नेपाली महावाणिज्य दूत नियुक्त भएका उदय रानामगरलाई जन्मथलो जिल्लामा नुवाकोट चेम्बर अफ कर्मशले सम्मान तथा विदाई गरेको छ ।

सोमबार विदुरमा एक कार्यक्रममा नुवाकोट चेम्बरले महावाणिज्य दुत रानामगरलाई विदाई गरेको हो । चेम्बरले महावाणिज्य दुत रानामगरलाई खादा तथा सम्मानपत्र समेत प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै महावाणिज्य दुत रानामगरले आयातमुखि नभई निर्यातमुखि व्यापारमा जोड दिनुपर्ने बताए । उनले देशको व्यापार घाटा बढेको भन्दै आयातलाई दुरुत्साहन गरि निर्यात बढाउनुपर्नेमा जोड दिए ।

“सरकारमा मात्र समस्या नभएको भन्दै व्यवसायीहरुको आफ्नै कमजोरिका कारण देशमा लगानि भित्रिन नसकेको उल्लेख गरे”, उनले बताए “नेपालमा पर्यटनको निकै ठुलो संभावना रहेको भन्दै पर्यटन क्षेत्रबाट बढि लाभ लिन सकिने बताए ।”

नुवाकोटमा व्यापार व्यवसायको प्रचुर सम्भावना रहेको भन्दै त्यसका लागि सरकार र सम्बन्धित निकायले चासो दिनुपर्ने नुवाकोट चेम्बरका अध्यक्ष कविन्द्रमान प्रधानले बताए । उनले चीनबाट आएका सामाग्री नुवाकोटको बाटो हुँदै काठमाडौं गएपनि त्यसबाट नुवाकोटले फाईदा लिन नसकेको बताए ।

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १२ स्थाई घर भएका रानाले यसअघि विदुर नगरपालिकाको कार्यकारी अधिकृत थिए। रुपन्देही, काभ्रे हुँदै पछिल्लो समय झापामा प्रमुख जिल्ला अधिकारीको रुपमा थिए । २०५५ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका रानामगर २०७३ वैशाखमा खुला प्रतिस्पर्धाबाट सहसचिव भएका हुन् । यसअघि उनी खुला प्रतिस्पर्धाबाटै उपसचिव बनेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top