२०७८, ३ असार बिहीबार

श्रीराम श्रेष्ठका जापानी शैलीका ‘डोब’, ‘लकडाउन’ र ‘नाङ्गो सपना’

डबली खबर     आश्विन १८ २०७७ १७:५२


shreeram shrestha nuwakot
bidur tax

काठमाडौं – नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु “डोब”, “लकडाउन” र “नाङ्गो सपना” शनिबार लोकार्पण भएको छ ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको अनावरण गरेका हुन् । 

जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नाङ्गो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ । विमोचित कृतिका विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोपिनाथ मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुती रहेको उल्लेख गरेका थिए । 

जापानी शैलीका कविताहरु र जापानी जीवनशैलीबारे उनले चर्चा गरे। यसैगरी समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुती रहेको उल्लेख गरे ।

यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गरेका थिए ।

कृतिकार श्रीराम श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्ना भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
use to mask safe from covid19


Top