२०८१, १३ बैशाख बिहीबार

सामाजिक विकास निर्माणमा कञ्चना देउराली

डबली खबर     भाद्र २४ २०७७ १८:२२

entry gate deurali belakotgadhi municipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बेलकोटगढी, नुवाकोट – बेलकोटगढी नगरपालिका-६ मा रहेको कञ्चना देउराली युवा क्लबले देउराली बजार आसपास रहेको सबै युवाहरुलाई समेटेर अहिले स्वागत प्रवेशद्वार निर्माणको काम गरिरहेको छ ।

कहीँ कतैबाट उलेख्य आर्थिक सहयोग नभए पनि युवाहरूको उत्साहजनक सहभागीताले अभियान निरन्तर चलिरहेको क्लबका अध्यक्ष पुष्कर लामाले बताए ।

“भौतिक रुपमा श्रमदान गर्दै विकास निर्माणमा खटिरहेको छौं” उनले बताए, “क्लबले सितोरियो कराँतेदेखि फुटबल लगायत खेलकुद क्षेत्रमा समेत नयाँ खेलाडीहरुलाइ उदाउने अवसर सिर्जना गरेको छौं ।”

“समाजमा हुने सबै समाजिक विकृतीका घट्नाहरुलाई रुपान्तरण गरि समतामुलक समाज निमार्ण गर्ने लक्ष्य र सामाजिक विकास निर्माण अभियानमा निरन्तर लागिरहेका छौँ ।”

महामारीको समयमा युवाहरुको सक्रियताले देउराली बजारको प्रवेशद्वारको दोस्रो चरणको काम पूरा भएको क्लबका सहसचिव प्रशन्न थिङ बताए ।

प्रवेशद्वार निर्माणमा आवश्यक सामग्रीको लागि सामुहिक पहल गरे सामाजिक अभियानले सार्थकता पाउन सक्ने क्लबका कोषाध्यक्ष प्रदिप नेपालले बताए ।

यस अघि क्लबले घ्याम्पे दुप्चेश्वर मन्दिर जाने बाटोको खुट्किला निर्माण, कोरोनाभाइरस रोकथामका लागि गाउँघरमा मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेको थियो। क्लबले दुईपिपल स्वास्थ्य चौकीलाई एक थान थर्मल गन उपलब्ध गराएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top