२०८१, १४ बैशाख शुक्रबार

निषेधाज्ञा थप

डबली खबर     भाद्र २३ २०७७ १९:३१

DAO Nuwakot Office Building
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – अनाधिकृत रुपमा आवातजावत भई कोरोना संक्रमण बढ्न सक्ने जोखिम न्यूनीकरणको लागि जिल्ला प्रवेश गर्ने नाकाहरुका क्षेत्रमा निषेधाज्ञा थप गरिएको छ ।

बेलकोटगढी नगरपालिकाको वडा नं २ अन्तर्गत धादिङको आचार्य पोखरी हुँदै कुमरी प्रवेश हुने क्षेत्र र वडा नं ५ अन्तर्गत गल्छी-त्रिशुली-मैलुङ- स्याफ्रुवेशी-रसुवागढीमार्ग हुँदै नुवाकोट प्रवेश गर्ने क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । यस्तै शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाको पासाङ ल्हामुमार्ग हुँदै जिल्ला प्रवेश गर्ने वडा नं १ र २ का क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम आज भाद्र २३ गते राति १२ बजेदेखि भाद्र ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको उनले बताए ।

निषेधाज्ञाको नियम उल्लङ्घन गरेमा प्रचलित कानून बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक उपभोग्य वस्तु बिक्रि गर्ने खाद्यान्न पसल र औषधी पसल बाहेक अन्य किसिमका सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्‍चालन गर्न रोक लगाएको छ। तर खाद्यान्न पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइने छ ।

औषधी उपचार, खाद्यवस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन रोक लगाएको छ ।

एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्तसवारी साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारी साधन (मोटरसाइकल समेत) सञ्‍चालन गर्नमा रोक लगाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top