sujim bazar advert

अवैध नदिजन्य पदार्थको ओसारपसारमा संलग्न १० सवारीसाधन कारवाहीमा

डबली खबर     भदौ २३, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

tipper truck nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर, नुवाकोट – असार १ देखि भाद्र मसान्तसम्म नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न रोक लगाएकोमा उक्त नियम उल्लंघन गर्ने ७ टिपर र ३ आईचरलाई नुवाकोट प्रहरीले कारवाही गरिएको छ।

जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तीन महिनासम्म नदिजन्य पदार्थको उत्खनन् तथा संकलन गर्न प्रतिबन्ध लगाईएकोमा उक्त निर्णयको अवेज्ञा गर्दै नदिजन्य पदार्थ संकलन तथा ओसारपसार गर्ने १० सवारीसाधनहरुलाई जिल्ला समन्वय समितिमा बुझाईएको छ ।

ती सवारीसाधनहरुलाई बेलकोटगढी नगरपालिका-७ मकैघारीस्थित त्रिशुली नदिको किनारमा अवैध रुपमा उत्खनन् गरिएको बालुवा लोड गरिरहेको अवस्थामा फेला पारेको र आवश्यक कारबाहीको प्रक्रिया अघि बढाईएको उनले बताए ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत असार १० गतेदेखि अवैध रूपमा गिट्टी बालुवा उत्खननमा रोक लगाएको थियो  ।

गत जेष्ठ २८ मा बसेको बैठकबाट १२ वटै स्थानीय तहगत पर्ने नदिहरुमा कसैले हाते औजार र मेसिन प्रयोग गर्न पूर्ण रुपमा रोक लगाएको थियो भने सबै स्थानीय तहहरुले प्रत्येक ३/३ महिनामा समन्वय समितिमा अनुगमन र प्रतिवेदन बुझाउने निर्णय गरिएको थियो।

यो पनि पढ्नुहोस्
१३ टिपर र दुई स्काभेटर कारवाहीमा
नुवाकोटका नदि दोहन गर्न तीन महिना रोक

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top