+
Search

ताजा अपडेट +

पपुलर +

महामारीमा विदुर सहकारीबाट बिउबिजन वितरण

bidur kalyankari multipurpose cooperative nuwakot distribute seed
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – विदुर कल्याणकारी बहुमुखी सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुको आयआर्जन तथा जिविकोपार्जनको कृषि बिउ बिजन वितरण गरेको छ।

कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको पालना गर्दै सेयरसदस्यलाई फाईदा पुगोस् भन्ने हेतुले विउ विजन वितरण गरिएको सहकारीका अध्यक्ष अमित गजुरेलले बताए। तरकारी खरिदको लागि बजारसम्म पुग्दा सम्भावित जोखिमबाट बच्न र सेयरसदस्यहरुले आफैले नै घरको करेसाबारी, कौसी खेती गरी उत्पादन गरि उपभोग गर्नको लागि तरकारी बिउ बिजन वितरण गरिएको उनले बताए।

सहकारीले एकसय सेयर सदस्यहरुलाई मार्फा रायो, मुला, धनियाँ, काउली, ध्यू सिमि र बकुला १/१ पाकेट बिउ बिजन वितरण गरिएको सहकारीका सचिव रमेश श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ