+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटका कविहरुका भर्चुअल गोष्ठी आज हुँदै

corona poem kabita nuwakot trishuli literature academy
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा “कोरोना र कविता” नामक भर्चुअल कवि गोष्ठी आज ४ बजेदेखि सुरु हुँदैछ। महामारी कोरोनाभाइरसको वर्तमान अवस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानले आयोजना गर्न लागेको हो।

देश विदेशमा रहेका नुवाकोटेली साहित्यकारहरुलाई समेटेर अनलाइनमार्फत भर्चुअल कवि गोष्ठी गर्न लागेको प्रतिष्ठानका अध्यक्ष कवि आर.एम डङ्गोलले जानकारी दिए । उनका अनुसार भर्चुअल कवि गोष्ठीमा नुवाकोटमा जन्मेर देश तथा विदेशमा रहेका सर्जकहरुले कोरोनाको कहरमा आफूले भोगेको अनुभूति र आफ्ना सिर्जनाहरु प्रस्तुत गर्नेछन् ।

प्रतिष्ठानका उपाध्यक्ष एवम् नियात्राकार राजेन्द्रमान डङ्गोका अनुसार नुवाकोट लगायत अमेरिका, डेनमार्क, जापान, अस्ट्रेलीया, कोरिया, भारत लगायत देशमा रहेर सिर्जना गरिरहेका २० जना लेखकहरुलाई समिटिएको छ।

कार्यकमको प्रत्यक्ष प्रसारण त्रिशूली वाङ्मय प्रतिष्ठानको फेसबुक पेज र रेडियो चिम्टेश्वर ९०.९ मेघाहर्जबाट सुन्न सक्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ