२०८१, ७ बैशाख शुक्रबार

व्यवसायिक सहजीकरणमा नुवाकोट उद्योग वाणिज्य संघको माग

डबली खबर     भाद्र ११ २०७७ ११:००

tara bahadur karki nccinuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – महामारी कोरोनाभाईरसको कारण देशभर बन्दाबन्दी लामो समयसम्म जाने सम्भावना भएपछि सरकारसँग नुवाकोट उद्योग वाणिज्य संघले व्यवसाय सञ्चालनमा सहजिकरण गर्न माग गरेको छ ।

बुधबार नै एक प्रेस विज्ञप्ति जारी गर्दै संघले स्थानीय सरकार, प्रदेश र केन्द्रिय सरकारको ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा बैंकको व्याज मिनाहा गर्नुपर्ने, किस्ता हाललाई स्थगित गर्नुपर्ने, कर छुट गर्नु पर्ने लगायतको माग गरेको छ । संघका अध्यक्ष ताराबहादुर कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उद्योगी तथा व्यवसायीको स्थिरता, निरन्तरता र विकासको लागि ३ वटै तहको सरकारले राहतको प्याकेज घोषणा गर्नुपर्ने माग गरेको छ ।

संघले जिल्लाभित्र संचालनमा रहेका सबै व्यापार र तथा व्यवसायलाई सुरक्षाको मापदण्ड तयार गरी व्यवसाय सञ्चालनमा सहज बनाउन स्थानिय प्रशासनको ध्यानाकर्षण गराएको हो । लामो समयसम्म भएको बन्दाबन्दीले ब्यवसाय नै धारासायी भएको भन्दै सहजिकरणको लागी आग्रह भएको संघका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए ।

संघले सबै प्रकारका उद्योग र व्यवसायिक क्षेत्रहरुको लागि अभिभाकत्व ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सदा उद्योग व्यवसायीको सेवामा तल्लिन रहने समेत भनिएको छ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top