+
Search

ताजा अपडेट +

पपुलर +

आजबाट शिवपुरीमा निषेधाज्ञा

corona virus news thumbnail for dabali khabar - leading news portal from nuwakot-min
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – शिवपुरी गाउँपालिकामा एकैसाथ सात जनामा कोरोनाभाइरसको सङ्क्रमण भेटिएसँगै पालिकामा निषेधाज्ञा जारी गरको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बिहिबार बसेको बैठकले शिवपुरीमा संक्रमितको सम्पर्कमा आएका सबै जनाको खोज पड्ताल गर्नको लागि आज साँझ ६ बजेदेखि सात दिनसम्मको लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक सवै कामकारवाहीमा राेक लगाइएकाे छ । स्वास्थ्य उपचार बाहेक अन्य कार्यमा सर्वसाधारणलाई हिँडडुलमासमेत राेक लगाइएको छ ।

उनले निषेधाज्ञा अवधिमा अत्यावश्यकवाहेक सबै सेवा बन्द हुने र आदेश उल्लंघन गरेमा कारवाही गरिने बताए ।

यस अघि शिवपुरी गाउँपालिकासहित जिल्लाका पाँच स्थानीय तहमा टाईम कार्ड लागु गरेको थियो भने अन्य ६ स्थानीय तहमा निषेधाज्ञा जारी भएको थियो।

शिवपुरीमा निषेधाज्ञा जारी भएसँगै नुवाकोटमा ७ वटा स्थानीय तहमा निषेधाज्ञा जारी भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ