२०८१, १३ बैशाख बिहीबार

शिवपुरीका थप सात जनामा कोरोना सङ्क्रमण

डबली खबर     भाद्र ११ २०७७ १७:३५

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – शिवपुरी गाउँपालिकाका एकैसाथ सात जना नागरिकमा कोरोनाको सङ्क्रमणको पुष्टी भएसँगै नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ ।

शिवपुरी गाउँपालिकाका ४ पुरुष र ३ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए।

संक्रमित हुनेमा २४, ४०, ६० र ७५ वर्षीय पुरुषहरु रहेका छन् भने ३१, ३८ र ४९ वर्षीया महिलाहरु रहेका छन् । सङ्क्रमित सबै जनाको उपचारको लागि जिल्ला अस्पताल त्रिशुली ल्याउने तयारी भइरहेको छ।

यो सँगै जिल्ला अस्पतालको आईसोलेशनमा ११ जना सङ्क्रमित बिरामीको उपचार हुने छ। अन्य नुवाकोटका ६ नागरिकहरुको काठमाडौंको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ।

हालसम्म नुवाकोटका ६९ जना नागरिकले कोरोनालाई परास्त गर्दै निको भइ घर फर्किसकेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top