विदुर, नुवाकोट – मंगलबार चितवनको आइसोलेशनबाट भागेका १९ वर्षीय सुनिल परियार बुधबार नुवाकोटमा भेटिएका छन्।
भरतपुर अस्पतालको आइसोलेशनबाट भागेका ती युवा बुधबार बिहान साढे १० बजेतिर नुवाकोटको बेलकोटगढी नगरपालिका- ५ मा भेटिएको नुवाकोट प्रहरीले जनाएको छ। संक्रमति बिरामीलाई त्रिशुली अस्पतालको आईसोलेशनमा थप उपचारको लागि राखिएको छ।
उनी भरतपुर महानगरपालिकाको गाडीमा फोहोर उठाउने काम गर्दै आएको थिए । भरतपुर महानगरपालिका-१२ बस्दै आएका १९ वर्षीय युवक चोरीको आरोपमा पक्राउ परेका थिए। हिरासतमै उनमा संक्रमण पुष्टि भएको थियो। उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि भदौ ६ गते श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पतालको आईसोलेशनमा राखिएकोमा थियो।
भाद्र ९ गते बिहानको करिब ६ बजे आईसोलेशनबाट भागि फरार रहेकोको थियो। उनको खोजि कार्य गर्दा नुवाकोट प्रहरीले आज बिहान दुईपिपल जाने बाटोस्थित सुकौरा खोलाको किनारमा बसीरहेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपश्चात् अस्थायी प्रहरी पोष्ट कोल्फुटार हेल्थ डेस्कबाट आवश्यक स्वास्थ्य र सुरक्षाका सामाग्री सहित प्रहरी टोली खटि गई सामाजिक दुरी कायम राखी, स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी निजलाई नियन्त्रणमा लिई थप उपचारको लागि त्रिशुली अस्पतालको आईसोलेशनमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् । प्रहरीकाअनुसार उनी साइलक चढेर चितवनबाट यहाँ आएको हो ।
उनको स्वास्थ्य कार्यालय नुवाकोटसँगको समन्वयमा हालसम्म सम्पर्कमा आएका व्यक्तिहरुको खोज पड्तालको कार्य भईरहेको छ।
प्रतिक्रिया