२०८१, १३ बैशाख बिहीबार

बुद्ध लामा र सज्जा चौलागाईको ‘हुन्न हुन्न हुदै हुन्न’ बोलको गीत सार्वजनिक (भिडिओ)

डबली खबर     भाद्र ९ २०७७ १५:१४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रियालिटी शो नेपाल आइडल सिजन १ विजेता गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत ‘हुन्न हुन्न हुदै हुन्न’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ।  

रोमाण्टिक फ्लेवरको यस गीतका शब्द रमेश दहालले लेखेका हुन् भने  टिका दहालले  संगीतबद्ध गरेका हुन्। यस गीतलाई राहुल  प्रधानले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडिओमा गायक बुद्द लामा र नायिका मलिका महतको रोमान्स देख्न सकिन्छ।  सुबोल थापाले कोरियोग्राफी गरेको भिडिओलाई नवराज उप्रेतीले छायांकन गरेका हुन्।  नविन निरौलाले कलरिङ र सम्पादन गरेको भिडिओलाई गम्भीर बिस्टको निर्देशनमा तयार पारिएको हो।  

भिडिओ रिलिजसंगै निर्माण टिमले टिकटक कम्पिटिसनको घोषणा गरेको छ।  गीतको कुनै पार्टमा डोयट टिकटक बनाएर सहभागी भएमा उत्कृष्ट २ जनाले प्रस्तुतिको आधारमा १०/१० हजार पुरुष्कार स्वरूप प्राप्त गर्ने छन्।

‘हुन्न हुन्न हुदै हुन्न’ को म्युजिक भिडिओ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top