+
Search

ताजा अपडेट +

पपुलर +

तादीका एक वृद्धामा कोरोना सङ्क्रमण

nuwakot coronavirus covid19 update
डबली खबर
५ साल अगाडी

तादी, नुवाकोट – नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ ।

तादी गाउँपालिकाका ७० वर्षिया वृद्धा महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए। संक्रमित वृद्धा महिला काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारत रहेकी छिन् ।

हालसम्म नुवाकोटका ६३ जना नागरिकले कोरोनालाई परास्त गर्दै निको भइ घर फर्किसकेका छन् । यस्तै, त्रिशुली अस्पतालमा ६ जना, खरानीटारमा १ जना र काठमाडौंस्थित विभिन्न अस्पतालमा ७ जना आइसोलेशन वार्डमा उपचारत छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ