२०८१, ११ बैशाख मंगलवार

बागमती प्रदेशकी उपसभामुख सङ्क्रमित

डबली खबर     भाद्र १ २०७७ १७:४३

bagamati pradesh radhika tamang coronavirus infected
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – बागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङ र उनकी ९ वर्षीय छोरामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुख तामाङमा कोरोना संक्रमण पुष्टि भएको हो । 

उपसभामुख तामाङ सहित उनकी छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसीङको क्रममा उपभासमुख तामाङको स्वाब परीक्षण गरिएको थियो । 

सचिवालयका अनुसार सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ र छोरासहित हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आईसोलेशनमा रहेकी छिन् । उनलाई सामान्य रुघाखोकी देखापरे पनि केही समस्या नभएको जनाएको छ।

दुप्चेश्वर गाउँपालिका–६ का वडा अध्यक्ष र उपसभामुख तामाङबीच गत साउन १७ गते भेटघाट भएको थियो । काठमाडौंमा बैठकमा सहभागी भएपछि उनमा कोरोना पुष्टि भएको हो । आफूसँग सम्पर्कमा आएका सबैलाई जानकारी गराएको बताउँदै उनले सबैलाई सतर्क रहन आग्रह गरेको स्वकीय सचिव एलिसा थापाले जानकारी दिईन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top