विदुर, नुवाकोट – नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ६३ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा विदुर नगरपालिकाका ३१ वर्षिया महिला र १८ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए।
हालसम्म नुवाकोटमा ४२ जनाले कोरोना र शंकास्पद रहेका बिरामी निको भइ घर फर्केका छन् । यस्तै, जिल्ला (त्रिशुली) अस्पतालमा १३ जना, खरानीटारमा ४ जना र काठमाडौंस्थित अस्पतालमा ४ जना आइसोलेशन वार्डमा उपचारत छन्।
प्रतिक्रिया