आजदेखि नुवाकोटमा सेमी-लकडाउन

डबली खबर     साउन २५, २०७७

sizen education study in Japan
ananda Jewellery shop

semi lockdown nuwakot seven local level prohibit 2070

विदुर, नुवाकोट – जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको निर्यण अनुसार नुवाकोटमा हिजो मध्यराति १२ बजेदेखि सात स्थानीय तहहरुमा सेमी-लकडाउन सरह निषेधाज्ञा लागू भएको छ । जिल्लामा कोरोना संक्रमितका संख्या बढेसँगै सात स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो । साथै विभिन्न सेवा प्रवाहमा समेत बार तोकिनुको साथै कार्यालयको सेवा प्रवाहमा भिडभाड कम गर्न हेल्लो सेवा पनि संचालनमा ल्याईएको छ।

प्रशासनको सेवामा बार तोकियो

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको साउन २२ गते बसेको बैठकको निर्णयलाई निरन्तरता दिदैं जिल्लाका सात स्थानीय तहहरुका क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम १० दिन सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोनाभाइरसबाट नुवाकोटमा सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने हाल १७ जना आइसोलेशनमा उपचारत रहेका छन् ।

नुवाकोटमा दिनहुँ संक्रमितको संख्या बढ्दै गईरहेको र संक्रमितसँगको सम्पर्कमा आएको व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसीङको लागि निषेधाज्ञा लागू गरिएको हो । निषेधाज्ञा विदुर नगरपालिका, लिखु गाउँपालिका र सूर्यगढी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा मध्यरात १२ बजेदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ। यस्तै, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८, १०, ११, १२ र १३ का सम्पूर्ण क्षेत्र, पञ्चकन्या गाउँपालिकाका वडा नं १, २ र ३ का सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र र ककनी गाउँपालिकाका पासाङल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी भएको छ।

विदुर नगरपालिकामा पुन:सिल, नगरका सबै सेवा स्थगित

निषेधाज्ञाको समयमा स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालयहरु बाहेक बैंक, वित्तीय संस्था, सहकारी सहित सबै सरकारी, निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयबाट प्रदान हुने नियमित सेवा सञ्‍चालन गर्न निर्देशन दिईएको छ ।

अत्यावश्यक उपभोग्य वस्तु बिक्रि गर्ने खाद्यान्न पसल, पेट्रोल पम्प, ग्याँस डिपो, औषधी पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवसाय सञ्‍चालन गर्न रोक लगाईएको छ भने खाद्यान्न पसल बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाइने भएको छ ।

निषेधाज्ञाको समयमा औषधी उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने जस्ता आवश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन भनिएको छ । एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दुध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने गाडी, शव बाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधन र अनुमति प्राप्त साधन बाहेक कुनै प्रकारका सार्वजनिक वा निजी यात्रु तथा मालवाहक सवारीसाधन तथा मोटरसाइकल समेत सञ्‍चालन गर्न पूर्ण रुपमा रोक लगाईएको छ ।

धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह, व्रतवन्ध) लगायत कुनै प्रकारको जमघट तथा भेला हुने सबै प्रकारका क्रियाकलापहरु सञ्‍चालन गर्न पूर्ण रुपमा रोक लगाईएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top