२०८१, १४ बैशाख शुक्रबार

योगमाया टंककुमारी क्रियाशिल पत्रकारिता पुरस्कार स्थापना

    श्रावण २३ २०७७ १९:१३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुरनुवाकोट जिल्लालाई कार्यक्षेत्र बनाएर प्रकाशन भईरहेको सुन्दरादेवी सन्देश साप्ताहिकको प्रत्येक वार्षिकोत्सवकाे अवसरमा स्व. योगमाया टंककुमारी क्रियाशील पत्रकारिता पुरस्कार वितरण गरिने भएको छ। सो पुरस्कारको राशि नगद ११ हजार सय ११ रहेको छ।

सुन्दरादेवी साप्ताहिकको प्रकाशक किरण अधिकारीले स्थापना गरेकाे उक्त पुरस्कार अधिकारीको बुवाको माता योगमाया अधिकारी आमाको माता टंककुमारी भण्डारीको स्मृतिमा स्थापना गरिएको अधिकारीले बताए।

हाललाई जिल्लामा लामो समयदेखि सक्रिय एक जना पत्रकारलाई नगद सहित प्रत्येक वर्ष प्रदान गरिने यसको पुरस्कार राशी बढाउदै प्रदेश हुदैं राष्ट्रियरुपमा वितरण गरिने अधिकारीले बताए।

साथै केहि समयमा योगमाया टंककुमारी स्मृति प्रतिष्ठान समेत दर्ता गरिने पनि अधिकारीले जानकारी दिए

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top