२०८१, १२ बैशाख बुधबार

मालपोतको सेवामा पनि बार तोकियो

डबली खबर     श्रावण २३ २०७७ १३:३५

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – कोरोनाभाइरसको संक्रमण जिल्लामा दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा जिल्ला मालपोत कार्यालय नुवाकोटले पनि दैनिक सेवा प्रवाह गर्नको लागि बार तोकेको छ।

लिखित पारित, फुकुवा/रोक्का सेवा प्रवाहको लागि आईतबार र सोमबार विदुर नगरपालिका, किस्पाङ, दुप्चेश्वर, ककनी, तादी, पञ्चकन्या गाउँपालिकाका र मंगलबार र बुधबार बेलकोटगढी नगरपालिका, म्यागङ, तारकेश्वर, सुर्यगढ़ी, लिखु र शिवपुरी का नागरिकलाई लिखित पारित, फुकुवा/रोक्का सेवा प्रवाह गरिने भएको छ।

यस्तै, नामसारी, दाखा, भूमि सुधार मुद्दा तथा अन्य सेवाको लागि सबै स्थानीय तहका नागरिकहरुले सेवा लिन पाउने छन्। तोकिएको बार र स्थानीय तहका नागरिकहरुले सेवा लिनको लागि ९८५१३००१६५ मा सम्पर्क गरी थप जानकारी लिन सकिने मालपोत कार्यालयले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top