२०८१, १३ बैशाख बिहीबार

चाँपाबोट माविको अध्यक्षमा पुन: लामा

सरोज खनाल     श्रावण २० २०७७ २०:२७

chanpabot secondary school management committee purnaman lama
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. १ नाङ्लेभारेमा रहेको चाँपाबाेट माध्यामिक विद्यालयको व्यवस्थापन समितिमा पूर्णमान लामाको नेतृत्वमा ५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। 

विद्यालय व्यवस्थापन समितिको मंगलबार सम्पन्न भेलाले लामालाई पुन: तेस्रोपटक अध्यक्ष चयन गरेको हो। नयाँ कार्यसमितिको सदस्यहरुमा गाेमा ढुंगाना, कमला तामाङ, सन्तबहादुर तामाङ र पुर्णमान तामाङ रहेका छन्।

लामाले विद्यालयको शैक्षिक सुधारको लागि विगतदेखि अतुलनीय योगदान पुर्याउंदै आईरहेका छन् । अध्यक्ष लामा विद्यालयको पुर्व विद्यार्थी पनि हुन् ।

कार्यक्रममा शंखरापुर-१ का वडाध्यक्ष तथा पदेन सदस्य श्याममणि ढुंगानाले नवगठित कार्यसमितिलाई बधाई तथा सफल कार्यकाल शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top