२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

सामाजिक सञ्जालबाटै आर्थिक सहयोग जुट्दै

डबली खबर     श्रावण १३ २०७७ १५:५२

pratik book and stationery center in nuwakot

नुवाकोट – सामाजिक विकास र समाज परिवर्तनको चाहना सबै नागरिकमा छ । आधुनिक सञ्चारको विस्तार र पहुँचलाई ध्यानमा राख्दै संसारभरी छरिएका सबै जनाले कोहि न कोहिसँग व्यक्तिगत, सामाजिक र आर्थिक रुपमा जोडिएका छन् । सामाजिक सञ्जालका माध्यमलाई सबैले आआफ्नो तरिकाले उपयोग गर्दै आईरहेको छ । तर नुवाकोटमा भने सामाजिक सञ्जालमार्फत मृगौलापिडित, क्यान्सरपिडित र अपाङ्गता भएका व्यक्तिहरुको उपचार र जीविकोपार्जन सहज गर्नको लागि आर्थिक सहयोग अभियानले सार्थकता पाउँदै गएको छ।

मिर्गौलापीडित पुडासैनीलाई आर्थिक सहयोग

विदुर नगरपालिका-२ कपासखाेरिया निवासी मिर्गौलापीडित दिनेश पुडासैनीकाे थप उपचारार्थ पाँच लाख रुपैयाँ रकम सङ्कलन भएको छ।

kidney patient dinesh pudasiani
दिनेश पुडासैनीले फेसबुकमा पोस्ट गरेको फोटो र क्याप्सन

बिरामी पुडासैनीले केहि समय अघि सामाजिक संजाल फेसबुकमा उपचारको रकम अभावकाे कारण आफ्नो उपचारमा समस्या परेको र अस्पतालको बेडमा रहेको फोटो सहित “यस्तो भएर बाच्नु भन्दा त मरेको भए हुन्त्यो ।।” भनि लेखेका थिए । त्यसपछि रामेश बस्नेतले २८ जनालाई ट्याग गरी सोहि विवरण र फोटोसहित बैंकखाता उल्लेख गरि पोस्ट गरेका थिए। त्यसपछि पुडासैनीको उपचारको लागि सहयोग जुटाउने क्रममा बस्नेतसहित अनुजकुमार श्रेष्ठ पनि लागेका थिए। श्रेष्ठले पुडासैनीकाे थप उपचारको लागि आर्थिक सहयोग संकलन अभियान नै सुरु गरेका थिए।

सामाजिक संजालमार्फत पुडासैनीको उपचारको लागि एक महिनामै आर्थिक सहयोग जुट्नु हितकारी मनहरु प्रति आभार प्रकट गरे सामाजिक अभियन्ता श्रेष्ठ व्यक्त गरे।

पुडासैनी च्वाडी पब्लिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थी समेत हुन्।

क्यान्सर पीडित खड्कीलाई आर्थिक सहयोग

cancer patient gita khadki trishuli nuwakot
क्यान्सरपिडित गीता खड्कीलाई सहयोग रकम हस्तान्तरण गर्दै सेतिमाया तामाङ बुढाथोकी

सामाजिक संजालबाटै विदुर नगरपालिका-१ त्रिशुलीका पाठेघर क्यान्सर पिडित ४८ वर्षीया गीता खड्कीको उपचारको लागि एक लाख ६ हजार ५ सय ५१ रुपैंयाँ आर्थिक सहयोग जुटेको छ।

खड्कीको उपचारको लागि अभियन्ता आमाछोरीद्वय सेतिमाया तामाङ बुढाथोकी र बर्षा बुढाथोकी, महेन्द्र श्रेष्ठ र प्रतिभा खड्काको विशेष पहलमा स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट आर्थिक सहयोग जुटाएको छ ।

विदुर नगरपालिका-१ का वडाअध्यक्ष लेनिन रञ्‍जितको पहलमा खड्कीको परिवारलाई स्वास्थ्य बीमा भएको छ।

सरिता सिलवाल सहयोग अभियानले सार्थकता पाउँदै

disability child yadav and ramesh silwal nuwakot
जन्मजात नै अपाङ्गता भएका सरिताकी छोराहरु यादव सिलवाल र रमेश सिलवाल

करिब एक महिनाको अन्तरालमा सरिता सिलवाल सहयोग अभियानबाट करिब एक लाख १९ हजार ९ सय ८९ रुपैंयाँ रकम आर्थिक सहयोग जुटेको छ ।

सरिताकी चार सन्तानमध्ये दुई सन्तान यादव सिलवाल र रमेश सिलवाल जन्मजात नै अपाङ्ग भएको र घरको आर्थिकस्थिति नाजुक रहेको सामाजिक संजालमार्फत सहयोगको लागि अभियन्ता राजकुमार आचार्यले फेसबुकमा पोस्ट गरेका थिए।

पुडासैनी, नगरकोटी र सरिता सिलवाल सहयोग अभियानमा आर्थिक सहयोग जुट्ने क्रममै जारी नै रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top