+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जन्मदिनको अवसरमा उप्रेतीका चार सामाजिक कार्य

जन्मदिनको अवसरमा उप्रेतीका चार सामाजिक कार्य
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – बागमती प्रदेश होटल तथा पर्यटन व्यवसायी महासंघका अध्यक्ष तथा नुवाकोट उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले आफ्नो जन्मदिनको अवसरमा आज विभिन्न चार सामाजिक कार्य गरि मनाएका छन् ।

उनले विदुर नगरपालिका-५ देविघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानद्वारा सञ्चालित वृद्धाश्रममा आश्रित २७ जना वृद्धवृद्धाहरुलाई दिउँसोको खाजा खुवाएका छन्।

जन्मदिनमा फजुल खर्च गर्नुको सट्टा हरेक वर्ष झैँ यसपालि पनि सामाजिक कार्यमा दिन व्यतित गर्दै आफ्नो जन्मदिन मनाएको उनले बताए ।

यस्तै, उनले विदुर नगरपालिका-१ त्रिशुलीका पाठेघर क्यान्सर पिडित ४८ बर्षीय गीता खड्कीलाई ३ हजार ५ रुपैयाँ सहयोग गरेका छन् । उनले “सरिता सिलवाल सहयोग अभियान” अन्तर्गत लिखु गाउँपालिका-६ निवासी सरिता सिलवाललाई पाँच हजार एक रुपैयाँ सहयोग गरेका छन् । सरिताकी चार सन्तानमध्ये दुई सन्तान यादव सिलवाल र रमेश सिलवाल जन्मजात नै अपाङ्ग भएको र घरको आर्थिकस्थिति नाजुक रहेको सामाजिक संजाल र साथीहरुबाट थाहा पाएर आफ्नो जन्मदिनको अवसरमा आफुले अभियानमा साथ दिएको उप्रेतीले बताए।

उनले सरिता सिलवाल सहयोग अभियान र पाठेघर क्यान्सर पिडित नगरकोटीलाई सहयोग गर्न सम्पूर्ण जिल्लाबासी, देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सहयोग गर्न अनुरोध गरेका छन्।

उनले विदुर नगरपालिका-६ इनारपाटीमा निर्माणाधीन रहेको इनारपाटी चौतारा निर्माणको लागि दुई हजार २० रुपैयाँ सहयोग गरेका छन्।

उनी सामाजिक संस्था विदुर सिटी युथ क्लबका वरिष्ठ सल्लाहकार पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ