+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा कोरोना संक्रमित तीन दर्जन नाघ्यो

डबली खबर
६ साल अगाडी

विदुर, नुवाकोट – नुवाकोट जिल्लामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ भने ३४ जनाले कोरोनालाई जितेर घर फर्केका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा सुर्यगढी गापाका २४ वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए। बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

हालसम्म नुवाकोटमा ३४ जनाले कोरोनालाई जित्दै निको भइ घर फर्केका छन् । यस्तै, जिल्ला अस्पताल त्रिशुलीमा २ जना र सशस्त्र प्रहरीमा १ जना आइसोलेशन वार्डमा उपचारत रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार नुवाकोटमा ७७० जनाको पिसिआर परीक्षण गरिएकोमा ३७ जनामा मात्र कोरोना संक्रमित देखिएको छ। स्थानीय तहले बनाएको क्वारेन्टाइनमा ७ महिला र ७५ पुरुष रहेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ