sujim bazar advert

नुवाकोटका गायक अधिकारीको गजल भिडिओ सार्वजनिक

डबली खबर     साउन १०, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

baikuntha adhikari kapil dev khanal gajal nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर । नुवाकोटका गायक बैकुण्ठ अधिकारीको स्वरमा रहेको गजल ‘बाटो भन तिम्रो गाउँको’ म्युजिक भिडिओ आज सार्वजनिक भएको छ ।

इभरग्रिन वर्ल्डवाइड इन्टरटेण्डमेन्टको ब्यानरमा निर्मित भिडिओ छन्दे युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । म्युजिक भिडिओको निर्देशन गोपाल ढकाल ‘छन्दे’ले गरेका छन् ।

गजलकार तथा पत्रकार कपिलदेव खनालको शब्द रहेको गजलमा स्वर र संगीत दुवै गायक अधिकारीको छ । संगित संयोजनमा सैलेन्द्र बच्चा छन् । केएमएस रेकडिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गजलको भिडिओ तयार गर्न क्यामरामा हर्कमान वाईबा र भिडिओ सम्पादनमा दिन्शन शाह छन् ।

१५ वर्ष अघि लेखिएको गजल म्युजिक भिडिओसहित बजारमा आएकोमा गजलकार खनालले सामाजिक सञ्जालमार्फत् आश्चर्य र खुसी एकसाथ व्यक्त गरेका छन् । रोमान्टिक यस गजलले श्रोता र दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार बैकुण्ठ अधिकारीले प्रतिक्रिया दिएका छन् । उनी हाल युरोप छन् । उनको स्वरमा झण्डै एक दर्जन गीत तथा गजलहरु रेकर्ड भएको छ । केही नेपाली चलचित्रमा समेत संगीत र गाउनको भुमिका निर्वाह गरिसकेको अधिकारीले नेपाल आइडलको पछिल्लो संस्करणमा पर्दापछाडी रहेर ‘जज’को भूमिका समेत निर्वाह गरेका थिए ।

गायक तथा संगीतकार अधिकारी नुवाकोट जिल्लाको तादी गाउँपालिका वडा नं. ५ नर्जामण्डपका हुन् । भिडिओको निर्देशन गोपाल ढकाल ‘छन्दे’ले अधिकारीको गायन तथा संगीत रहेको केही गीत तथा गजलहरुको भिडिओ निर्माणको क्रममा रहेको र केही समयपछि उनका थप सांगितिक कोशेली बजारमा आउने क्रममा रहेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top