२०८१, १२ बैशाख बुधबार

बेलकोटगढीमा घर भत्किँदा एक वृद्धको मृत्यु, पहिरोले पाँच घर बगायो (नामावलीसहित)

डबली खबर     श्रावण ९ २०७७ १४:५७

sukadev pahiro dabali nuwakot belkotgadhi municipality
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – अविरल वर्षाका कारण गएको पहिरोले नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ८ स्थित हर्रेका एक वृद्धको मृत्यु भएको छ ।

ढुंगामाटोले बनेको कच्चि घर गए राती अविरल वर्षाको कारण भत्किदा च्यापिएर ६८ वर्षिय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णु फुँयालले जानकारी दिए ।

उक्त घरमा मृतक तामाङ मात्र बसे परिवार स्रोतले जानकारी जनाएको छ।

यस्तै बेलकोटगढी नगरपालिका-५ दुईपिपल डबली नजिकै पहिरोले पाँच घर पूर्ण रुपले पुरेको छ । शुक्रबार बिहान करिब ५०० मिटर माथिबाट परिरोले पुरिएको प्रहरीले जनाएको छ।

पहिरोले एक वटा भैंसी, तीन राँगा र १८ वटा बाख्रा पुरेको छ । प्रहरीकाअनुसार पहिरोको कारण ५० घर भन्दा बढी जोखिममा परेको छ ।

घटनास्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरिरहेको छ भने स्थानीयलाई सुरक्षित स्थानमा सारिन थालिएको छ । अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएकाे छ ।

पहिरोले घर क्षति भएको घरधनीहरुको नामावली

१) लाल बहादुर श्रेष्ठ
२) पुर्ण बहादुर श्रेष्ठ
३) तिलसीदास श्रेष्ठ
४) लक्ष्मी बर्देवा
५) रामकृष्ण श्रेष्ठ

फोटो: सुकदेव दाहाल
फोटो: सुकदेव दाहाल

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top