२०८१, १२ बैशाख बुधबार

पञ्चकन्याको शैक्षिक रुपान्तण प्रयास

डबली खबर     श्रावण ४ २०७७ १९:१९

technical education room to read rudek nepal nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पञ्चकन्या गाउँपालिकाद्वारा बन्दाबन्दीमा रहेका प्राथमिक तहका शिक्षकहरुलाई लक्षित गरी अनलाईनको माध्यामबाट आठ दिने शिक्षक तालिम शुरु गरेको छ ।

रुम टु रिडको प्राविधिक सहयोगमा गाउँपालिकाका आधारभुत तथा माध्यामिक गरी २७ वटै विद्यालयबाट भाषा अध्यापन गराउने शिक्षकहरुलाई तालिम दिईएको हो । रुडेक नेपालद्वारा सहजीकरण गरिएको तालिममा साउन ४ देखि सुरु भएको तालिम ७ गतेसम्म सञ्चालन हुने शिक्षा अधिकृत चक्रदेव जोशीले बताए ।

यस बर्षदेखि नेपाल सरकारले कक्षा १ मा एकिकृत पाठयक्रम लागु गरेको तर कोरनाको कारण पठनपाठन शुरु हुन सकेको थिएन । सरकारले विद्यालयहरु सञ्चालन गरेपछि शिक्षकहरु कक्षा कोठामा प्रवेश गरेर परिवर्तित पाठयक्रम अध्यापन गराउन कठिन हुने महसुश भइरहेको र लामो समयसम्म विद्यालय बन्द तथा टोल शिक्षाको बिचमा शिक्षकको क्षमता बिकास गरी गुणस्तर सुदृढ गर्न गाउँपालिका लागि परेको छ । लामो समयदेखि शिक्षा शाखा कर्मचारी बिहिन रहेको र हाल हालै शिक्षा शाखामा कर्मचारी ब्यस्थापन भएपछि गाउँपालिकाले शिक्षालाई नयाँ र बैज्ञानिक ढंगबाट अगि बढाउन खोजेकोले यस्ता गतिविधिहरु शुरु गरिएको शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले बताए ।

कक्षा १ मा जसरी एकिकृत पाठयक्रमले व्यवहार अध्ययनलाई शिक्षाको जगबाट नै शुरु गर्न खोजेको छ, गाउँपालिकाले आधारभुत तहलाई शिक्षाको खम्बाको महसुश गरी उक्त खम्बालाई मजबुत बनाउन प्राथमिकतहबाटै सुधार गर्न खोजिएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले बताए । अहिलेको कोरनापछिको अवस्थामा सामुदायिक विद्यालयमा भर्ना दर बढने र निजी विद्यालयको विभिन्न विकराल समस्यालाई अभिभावकले झेल्न नसक्ने भएकोले गाउँपालिकाका सामुदायिक विद्यालयलाई सबल गुणस्तर तथा सक्षम बनाउन चाहन्छ ।

गाउँपालिका भौगोलिक रुपमा नै जिल्लाको मध्य भागमा उर्बर फाँटहरु समेत रहेकोले व्यावसायिक शिक्षा समेत गाउँपालिकाको प्राथमिकतामा रहेको शिक्षा शाखा संयोजक रामबाबु पराजुलीले बताए।

कोरना कहर बढेर शैक्षिक बर्ष नै अन्याैलमा हुने स्थिती भएमा कक्षा ९,१०, ११, १२ लाई बन्दाबन्दी शिक्षा–क्वारेटिन शिक्षा सञ्चालन गरिने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले बताए ।

गाउँपालिकाले कोरनाको कहरमा कृषि व्यवसायलाई निति तथा कार्यक्रममा प्रमुख प्राथमिकतामा राखेको र यसलाई व्यवहारमा कार्यान्वयन गर्न, कृषि सडक तथा सिंचाई अनि दक्ष कृषि जनशक्ति उत्पादनको लागि यस बर्षदेखि नै बाली विज्ञान विषयमा इन्द्रायणी कृषि माध्यमिक विद्यालय सञ्चालन गरिन लागेको वडा नं १ का वडाध्यक्ष मणीनाथ लामिछानेले बताए । भौतिक विकासले मात्र दिगो विकास लक्ष्य प्राप्त नहुने र खाद्य सुरक्षाको राष्ट्रिय लक्ष्यलाई सहयोग गराउन इन्द्रायणी कृषि मावि किसानको घर दैलोमा प्राविधिक सेवा समेत दिने लक्ष्य रहेको समेत प्रष्ट पारे ।

तालिममा रुम टु रिडका एकराज कोईराला, बटुराम भण्डारी, राजन सापकोटा, एलबि खडका लगायत पाठयक्रम विकास केन्द्रको समेत सहजीकरण रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top