Tuberculosis free AI checkup camp in Bidur Nuwakot
sujim advert

वडा १ मा स्वास्थ्य बीमा सुरु

डबली खबर     साउन ४, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

health insuranced nuwakot bidur ward chairman lenin ranjit
bidur tax consultancy services in nuwakot

विदुर, नुवाकोट – सरकारले सुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रमअन्तर्गत नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर १ मा सुरु भएको छ।

राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत परिवारका ५ जनासम्मले ३ हजार ५ सय रुपैयाँ तिरेर एक वर्षका लागि बिमाअन्तर्गत उपचार सेवा लिन भएकोले आफुले परिवारसहित स्वास्थ्य बीमा गरेर वडामा सुरुवात गरेको वडाध्यक्ष लेनिन रञ्‍जितले बताए । स्वास्थ्य बीमाबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायत ७० प्रकारका रोगहरुका निशुल्क औषधी र उपचार सेवा प्राप्त गर्न सकिने भएकोले बीमा योजनाबाट सम्पूर्ण वडाबासीहरुले सेवा लिन अनुरोध गरे ।

स्वास्थ्य बीमा गराउँदा एक लाख रुपियाँसम्मको उपचारको व्यवस्था भएपछि मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचापलगायत रोगका बिरामीलाई उपचार गर्न धेरै सजिलो हुने विदुर नगरपालिका वडा नम्बर १ का स्वास्थ्य बीमा सहयोगी अनिमा श्रेष्ठले बताईन् । विशेष गरी उपचारमा सहुलियत र कडा किसिमको रोगको उपचारमा कम खर्च लाग्ने भएपछि स्वास्थ्य बीमा प्रभावकारी रहेको उनीले बताईन् ।

जिल्लाका १२ वटै स्थानीयका ८८ वटै वडाहरुमा १/१ जना स्वास्थ्य बीमा सम्बन्धी सदस्यता दर्ता प्रतिनिधिहरु छन् ।

नुवाकोटमा स्वास्थ्य बिमा लागू, स्वास्थ्य बीमा नियमावलीसहित

स्वास्थ्य बीमा सदस्यता प्रक्रिया चार चक्रमा रहेको छ। वैशाख, जेष्ठ र असारको लागि भदौ महिनाको १ गते सेवा क्रियाशील हुनेछ भने साउन, भदौ र असोजको लागि मङ्सिर १ गते सेवा क्रियाशील अवधि कार्यक्रमको सेवा सुरु हुनेछ। यस्तै कार्तिक, मङ्सिर र पुसको लागि फाल्गुण १ र माघ, फाल्गुण र चैत्रको लागि जेष्ठ महिनाको १ गतेबाट सेवा क्रियाशील अवधि कार्यक्रमको सेवा सुरु हुनेछ।

स्वास्थ्य बीमा गरेपछि नुवाकोटमा जिल्ला (त्रिशुली) अस्पताल, खरानीटार, ककनी र देउराली अस्पतालबाट आवश्यक कागजात देखाएर ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायत ७० प्रकारका रोगहरुका निशुल्क औषधी र उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top