२०८१, १३ बैशाख बिहीबार

महामारीसँग जुध्ने विभिन्न क्षेत्रमा क्रियाशील १७ जनालाई ‘कोरोना डिफेन्स अवार्ड २०२०’ बाट सम्मान

डबली खबर     श्रावण २ २०७७ २२:०९

gantabya-nepal-award-2020
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडाैं – कोरोना महामारीका बेला समाजका विभिन्न क्षेत्रमा रहेर सक्रिय योगदान पुर्याउने १७ जनालाई गन्तव्य नेपालले ‘कोरोना डिफेन्स अवार्ड २०२०’बाट सम्मानित गरेको छ । 

शुक्रबार उक्त संस्थाले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सामाजिक अभियानकर्मीलाई अवार्ड प्रदान गरेको हो।

अवार्ड पाउनेमा बोधिसत्व विहारका सुप्रिम मास्टर ताइवानी नागरिक हेगुवाङ शीलाई ‘हिरो अफ दी कोरोना डिफेन्स अवार्ड-२०२०’ले सम्मानित गरेको छ।

त्यस्तै बन्दाबन्दीमा गाउँगाउँमा स्वास्थ्य सामग्री वितरण लगायतका कार्यमा उल्लेख्य योगदान गरेका नेपाल-मुम्बई चेम्बर अफ कमर्सका उपाध्यक्ष रमेशकुमार पाठकलाई ‘कोरोना डिफेन्स अचिभमेन्ट अवार्ड’ र सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पालाई ‘कोरोना डिफेन्स नोबेल अवार्ड’ प्रदान गरिएको थियो। 

सम्मानित हुनेहरुमा काठमाडौं महानगरपालिका -३ का वडाध्यक्ष दीपक केसी, पर्यटन व्यवसायीहरू तेजेन्द्र शर्मा पौडेल, गीता गुरुङ, कमला गुरुङ, रमेश गौतम, फुरीकितार शेर्पा, सन्तोष राई, सामाजिक अभियन्ता क्याप्टेन रमेश श्रेष्ठ, हिरा पाण्डे, दिलबहादुर तामाङ, सुमन कार्की रहेका छन् । संस्थाले पत्रकार रामजी बगाले, शिव देवकोटा र तेजबहादुर बस्नेतलाई सम्मान गरेको छ । 

संस्थाले बन्दाबन्दीका बेला विभिन्न अस्पताल, सुरक्षाकर्मी तथा पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको थियो। 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top