sujim bazar dashain tihar bumper offer

जोरबिजोर प्रणालीबाट पठनपाठन सुचारु गर्न पाउन नुवाकोट प्याब्सनको माग

डबली खबर     साउन २, २०७७

sizen education study in Japan
ananda Jewellery shop

bidur municipality mayor letter receiving a nuwakot pabson
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विदुर – प्याब्सन नुवाकोटले अनलाईन कक्षा र भर्चुअल कक्षाहरु वैकल्पिक शिक्षण पद्धति मात्र भएको र नेपाली समाजमा अहिले नै यो पद्धतीको पहुँचमा सबै विद्यार्थीहरु हुन नसक्ने यथार्थलाई मनन गर्दै जिल्लाका सबै स्थानीय तहहरुमा सञ्चालित विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापन सहित जोर विजोर वा आलोपालो प्रणालीमा कक्षा संचालन गरि विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

शुक्रबार नुवाकोट प्याब्सन विदुर नगर कमिटीका संयोजक ताराबहादुर कार्कीको प्रतिनिधि मण्डलले उक्त माग गर्दै विदुर नगरपालिकाका प्रमुख संजु पण्डितलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्याब्सनले एक महिनाको मासिक पढाई शुल्क छुट गरी अन्य शुल्कहरु संकलन गर्न पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन् । यस्तै, शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्र २०७७ का लागि १८०-१९० दिन पठनपाठन गर्नुपर्ने हुदाँ सोहि अनुसार शैक्षिक सत्र २०७७ का लागि केहि सार्वजनिक विदाहरु तथा अन्य विदाहरु कटौती गरि नयाँ शैक्षिक क्यालेण्डर निर्माण गर्न माग गरेको छ।

सरकारले घरजग्गा वहालकर, व्यवसायिक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था गर्न विदुर नगरपालिकालाई अनुरोध गरिएको छ ।

ध्यानाकर्षण पत्रमा कोभिड-१९ का कारणले तहसनहस भएको विद्यार्थीहरुको पठनपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्यनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथाशीघ्र निर्माण गर्न अनुरोध गरेको छ ।

अनलाईन कक्षा र भर्चुअल कक्षाहरु वैकल्पिक शिक्षण पद्धति मात्र भएको र नेपाली समाजमा अहिले नै यो पद्धतीको पहुँचमा सबै विद्यार्थीहरु हन नसक्ने यथार्थलाई मनन गर्दै जिल्लाका सबै स्थानीय तहहरुमा संचालित विद्यालयहरुमा आवश्यक पूर्वाधार व्यवस्थापन सहित जोर विजोर वा आलोपालो प्रणालीमा कक्षा संचालन गरि विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था गर्न भनिएको छ।

कोभिड-१९ बाट श्रृजित समस्याहरुको समाधानार्थ छाता संगठनहरुको तर्फबाट नेपाल सरकारका विभिन्न निकायहरु समक्ष पटकपटक गरिएका आग्रहका बाबजुत कुनै ठोस निष्कर्ष नहुदाँ विद्यालयहरुका दायित्वहरु पुरा गरि आन्फा गतिविधिहरु संचानल गर्न आर्थिक तथा नैतिक दृष्टिकोणले दिनानुदिन अप्ठ्यारो पर्दा गएका कारणले हाल संचालनमा रहेका सिकाईका वैकल्पिक विधिहरु अर्को सूचना प्राप्त नभएसम्म बन्द रहने निर्देशन संगठनका तर्फबाट प्राप्त भएकोले सोहि अनुसार जिल्लास्थित सबै निजी विद्यालयहरुका सबै गतिविधिहरु बन्द रहने नुवाकोट प्याब्सनले जनाएको छ।

नुवाकोट प्याब्सनका अन्य कमिटीहरुले शुक्रबार नै जिल्लाका अन्य स्थानीय तहहरुका प्रमुख तथा अध्यक्षहरु लगायतमा ध्यानाकर्षण बुझाएका छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top