२०८१, १४ बैशाख शुक्रबार

जिप्रका नुवाकोटले गर्‍यो २ करोड ३३ लाख १५ हजार राजश्व संकलन

    असार ३१ २०७७ २०:३३

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट / जिल्ला प्रशासन कार्यालय नुवाकोटले आव २०७६/०७७ को प्रारम्भिक तथ्यांक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले चालुआर्थिक वर्षमा रु.२ करोड ३३ लाख १५ हजार राजश्व संकलन गरेको छ ।

चालुआवमा कार्यालयले पाँच हजार ३ सय ७३ वटा नयाँ नागरिकता वितरण गरेको छ भने ईलाका प्रशासन कार्यालय सातबिसेबाट सात सय २८ वटा नागरिकता वितरण गरेको विवरणमा उल्लेख छ। कार्यालयबाट चार हजार १ सय ८६ नागरिकताको प्रतिलिपी वितरण गरेको छ।

प्रशासकीय अधिकृत धर्मराज भट्टका अनुसार कार्यालयबाट चार हजार ४ सय ३१ जनाले राहदानी बनाएको छ। सेवाग्राहीहरुले चार हजार ५ सय ५४ जनाले राहदानी फाराम भरेकोका थिए।

कार्यालयले संस्था दर्ता तथा नवीकरण, हातहतियार नामसारी तथा नवीकरण, प्रशासनिक दण्ड जरिवाना, परीक्षा दस्तुर, बेरुजु असूली, न्यायिक दण्ड जरिवाना लगायत शिर्षकबाट राजश्व उठाईएको भट्टले जानकारी दिए।

data_076_77.jpg
जिल्ला प्रशासन कार्यालय नुवाकोटको आ.व. २०७६/७७ को सेवा प्रवाहको प्रारम्भिक तथ्याङ्क

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top