+
Search

ताजा अपडेट +

पपुलर +

सर्पको टोकाईबाट बालिका घाइते

snake bite vector nepal
डबली खबर
५ साल अगाडी

विदुर – नुवाकोटमा एक हप्ताभित्रमा सर्पले टोकेर दुई जना घाइते भएका छन् । 

सर्पको टोकाईबाट लिखु गाउँपालिका-१ बोरापानीका रामकुमार तामाङको १० वर्षिया छोरी जेनिसा तामाङ घाइते भएको प्रहरीले जनाएको छ।

उनी आफ्नै घर नजिकै बाटोमा खेल्ने क्रममा सर्पले दाहिने खुट्टामा टोक्दा गम्भिर घाईते भएकी थिईन्। उनीलाई थप उपचारको लागि काठमाण्डौ लागिएको जिल्ला प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए ।

यस्तै असार १९ गते म्यागङ गाउँपालिका टक्सारका मनिषा सापकोटालाई पनि सर्पले टोकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ