+
Search

ताजा अपडेट +

पपुलर +

सिडिसीद्वारा नुवाकोटका चार स्वास्थ्य संस्थाहरुलाई सहयोग

cdc ngo nuwakot health material donate in covid19 period
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणबाट बच्न तथा सर्तकता अपनाउनका लागि सामुदायिक विकास केन्द्र नेपाल (सिडिसी)ले सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालको साझेदारीमा नुवाकोटका चार वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

सिडिसीले बिहिबार एक कार्यक्रम बीच जिल्ला समन्वय समिती (जिसस)का उपप्रमुख अप्सरा थापाको रोहवरमा जिल्ला (त्रिशुली) अस्पताल, खरानीटार अस्पताल र देउराली प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराईएको सिडीसीका अध्यक्ष नारायणप्रसाद नेपालले जानकारी दिए ।

सिडिसीका अध्यक्ष नेपालले जिल्ला अस्पतालको लागि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेलाई पिपिइ सेट ८ थान, सेनिटाइजर १० लिटर, थरमल गन १ थान, पञ्जा २ प्याकेट, पेपर माक्स ५ प्याकेट, फेस सिल्ड ८ थान, के.एन. ९५ माक्स १०० थान, साबुन ३० थान, सेनेटरी प्याड ३० प्याकेट, बुट १ थान लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

यसै गरी, सिडिसीले देउराली प्राथमिक स्वास्थ्य केन्द्र, खरानीटार अस्पताल र रातमाटे स्वास्थ्य चौकीलाई पिपिई सेट, सेनिटाइजर, थरमल गन, पञ्जा, सर्जिकल माक्स, फेस सिल्ड, के.एन. ९५ माक्स, साबुन, सेनेटरी प्याड लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराइएको सिडिसीका कार्यक्रम संयोजक दिपेश घिमिरेले जानकारी दिए ।

सीडीसीले जिसस नुवाकोटको कार्यालयलाई पनि सेनिटाईजर ५ लिटर, पन्जा १ प्याकेट, सर्जिकल माक्स ७०० र के. एन. ९५ माक्स ५० थान सहयोग स्वरुप उपलब्ध गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ