+
Search

ताजा अपडेट +

पपुलर +

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

डबली खबर
६ साल अगाडी


विदुर, नुवाकोट – सोमबार राति विदुर नगरपालिका गंगटेस्थित गल्छी त्रिशुली सडक-खण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुदाँ मोटरसाइकल चालक विदुर नगरपालिका-३ खड्गभञ्याङका २१ वर्षीयका ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। अधिकारीको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुली पठाईएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार विदुर नगरपालिका-५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन्। उनको अहिले सोही पोलिक्निकमा उपचार पश्चात् डिस्चार्ज भएका छन् ।

उनीहरु चढेको बा ९८ प ५५१६ नम्बरको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुदाँ राति करिब ८ बजेर ३५ मिनेटको समयमा सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ।

मृतक अधिकारी नुवाकोट जिल्लाबाट उमेर समूहदेखि विभिन्न प्रतियोगितामा सहभागिता जनाईसकेका उदाउँदो क्रिकेट खेलाडी थिए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ