२०८०, ११ आश्विन बिहीबार
social securities awareness bidur municipality

नुवाकोट होटल व्यवसायी संघले बुझायो सिडियोलाई कर तथा राजस्व छुट गर्न ध्यानाकर्षणपत्र

डबली खबर     असार २२ २०७७ १२:२२

nuwakot hotel and restaurant enterprenure requested to cdo in lockdown
pratik book and stationery center in nuwakot

विदुर, नुवाकोट – बन्दाबन्दीका कारण यति बेला होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनमा आएका छैनन् । पर्यटन क्षेत्रका होटल व्यवसायीहरू पलायन समेत हुँदै गएको स्थितिमा नुवाकोटका होटल व्यवसायी तथा रेस्टुरेन्ट व्यवसायीले संक्रमणकालसम्मको कर तथा राजस्व छुट गर्न आग्रह गर्दै सरकारलाई १४ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।

आईतबार कोरोनाभाइरसका कारण जिल्लामा सञ्चालित होटल तथा रेस्टुरेन्ट व्यवसाय धराशयी बन्दै गएको भन्दै नुवाकोट होटल व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा बन्दाबन्दीको अवधिसम्मको व्यवसायीले प्रयोग गर्दै आएको पानी, विद्युतको लाग्ने महसुल छुट गर्न, व्यवसायीहरुको घर बहाल पूर्ण छुट गर्न, बैँकको ब्याजदर छुट तथा किस्ता समायोजनको व्यवस्था मिलाइ दिन र होटल तथा पर्यटन व्यवसायीलाई सहुलियत ब्याजमा ऋण एवं अनुदानको व्यवस्था मिलाउन माग गरिएको छ ।

साथै विदुर नगरपालिका-४ बट्टार बसपार्क सडकस्थित रहेको होटल सन्ध्याका घरधनी साधुराम रिमालले तीन महिनाको घरभाडा मिनाहा गरेका छन्।

देशभरका ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आइतबार दिउँसो १ बजे एकैस समयमा होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुले ध्यानाकर्षणपत्र बुझाएको छ।

होटलमा ह्याण्ड सेनिटाईजर र मास्कको व्यवस्था गर्न होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको अनुरोध

ध्यानाकर्षण पत्रको पूर्ण पाठ

मितिः २०७७/०३/२१

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय,
नुवाकोट ।

विषयः ध्यानाकर्षण गराइएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा संघीय गणतन्त्र नेपालको ७७ वटै जिल्लामा छरिएर रहेका ठूला, साना, मझौला एवं तारे होटल, रेष्टूरेण्ट, क्याटरिड., पार्टी प्लालेस र मनोरञ्जन पार्कहरुको करिब ८० हजार व्यवसायीहरुको मेरुदण्डको रुपमा रहेको छाता संगठन होटल व्यवसायी महासंघ नेपाल अन्तर्गत संगठित जिल्ला स्तरीय संगठन नुवाकोट होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ वि.सं २०६३ सालमा नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सेवा सुविधा पु¥याउँदै राष्ट्रको पर्यटन प्रबद्र्धन एवम् आर्थिक सम्वृद्धिको बाटोमा अग्रसर हुँदै आईरहेको कुरा सर्व विदितै छ । स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै व्यवसायीहरुको हक हित प्रवर्धन र देशको पर्यटन विकासको लागि बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै यस संघले आफ्नो विधानले निर्दिष्ट गरेको लक्ष्य र उद्देश्यका साथ अगाडि बढिरहेको कुरा अवगत गराउन चाहन्छौँ ।

कोरोना भाईरस (कोभिड–१९)का कारण विश्व आक्रान्त बनिरहँदा सोही महामारीको चपेटामा परेको हाम्रो देश नेपालमा पनि विगत ३ महिनादेखि जारी लकडाउनको हामीले पूर्ण रुपमा पालना गरी राज्यको नीति तथा निर्देशनलाई सहजिकरण गर्दै सहयोग पु¥याउँदै आइरहेका छौँ । दुई जना संक्रमित हुँदा शुरु गरिएको लकडाउन अहिले ३ महिना पूरा भईसकेको छ । तथापि संक्रमण रोकिनुको साटो दिनानुदिन बढ्दै गईरहेको छ जसका कारण हरेक तह र तप्काका मानिसहरु झन बढी त्रसित हुन थालेका छन् ।

प्रमुख जिल्ला अधिकारी ज्यू,
एकातिर कोरोना भाईरसको महामारीका कारण हरेक व्यक्ति, व्यवसायी, उद्योगी, मजदुर, लगायत सिंगो समुदाय नै उच्च जोखिममा छन् भने अर्कातिर सरकारले जारी गरेको लकडाउनका कारण व्यापारी व्यवसायीहरु आफ्ना सम्पूर्ण व्यापार व्यवसाय बन्द गरेर घरभित्र बस्न बाध्य मात्र छैनन् महिनौँसम्म बन्द गर्नु पर्दा तहस नहस भएका आफ्ना व्यापार व्यवसायका कारण कतिपय व्यवसायीहरु यस क्षेत्रबाट पलायन हुन थालिसकेका छन् । राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसाय त झन् पूर्ण रुपमा धारासायी हुने खतरा बढ्दै गईरहेको छ । यस क्षेत्रका अधिकांश व्यवसायीहरुको व्यवसाय अहिले पूर्णविराम लाग्ने अवस्थामा छ । कोरोनाका कारण सिर्जित समस्याले गर्दा देशको अर्थतन्त्र नै धारासायी बनेको वर्तमान परिप्रेक्षमा पर्यटनको मूल आधारको रुपमा रहेको होटल व्यवसाय पूर्ण रुपमा धारासायी भयो भने यसले सिंगो देशको अर्थतन्त्रमा नै दीर्घकालिन रुपमा नकारात्मक असर पार्ने कुरा निश्चित प्रायः छ ।

हाम्रा मागहरुः

१. वर्तमान अवस्थामा होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु सबैभन्दा बढी घरभाडाको मारमा परेकाले यस लकडाउन अवधिभरको घरभाडा पूर्ण रुपमा र संक्रमणकाल रहुन्जेलसम्मका लागि ५०% छुटको व्यवस्था मिलाउन आग्रह गर्दछौँ । साथै उक्त छुटका लागि घरधनीहरुलाई समेत राहत पुग्ने गरी घरधनीहरुको बैंकको कर्जा भुक्तानी समयावधि थप गर्नुका साथै उनीहरुले तिर्ने घरबहाल कर र बैंकको ब्याज छुट तथा अन्य करहरु समेत छुट गर्नका लागि स्थानीय निकायसँगको समन्वयमा विशेष राहत कोष मार्फत सम्बोधन गरेर वातावरण सहज बनाउने व्यवस्था मिलाउनु हुन ।
२. होटल तथा रेष्टुरेण्ट व्यवसाय अरु व्यवसाय जस्तो लकडाउन खुल्नासाथ पहिलेको अवस्थामा नै सुचारु भई सामान्य अवस्थामा आउने व्यवसाय नभएको र संक्रमण अवधिभर नै व्यवसायमा भारी असर पर्ने हुँदा बिजुली पानीको महशुल कम्तिमा १ वर्षका लागि छुट र टेलिफोन, इन्टरनेट लगायतका महशुलमा विशेष सहुलियतको व्यवस्था मिलाउनुहुन ।
३. अहिलेको महामारीले सबैभन्दा बढी असर पारेको यस क्षेत्रका व्यवसायीहरुलाई राहत स्वरुप एक (१) वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिने व्यवस्था मिलाउनु हुन ।
४. यस क्षेत्रमा संलग्न व्यवसायीहरुले बैंक र वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य श्रोत यही व्यवसाय मात्र भएको हुँदा जुनसुकै शीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयावधि कम्तिमा २ वर्ष थप गरी उक्त अवधिभरको ब्याजमा सहुलियत दर कायम गराई साँवामा गाविदिने व्यवस्था मिलाउनु हुन ।
५. यस क्षेत्रका व्यवसायीहरुले राज्यबाट अहिलेसम्म कुनै पनि किसिमको व्यवसायिक सुविधा नपाएकाले तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मूल्याङ्कन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था मिलाउनु हुन ।
६. वर्तमान विषम परिस्थिति पश्चात् पनि व्यवसायलाई सहज रुपमा सञ्चालन गर्नका लागि न्यून ब्याजदरमा क्यात ीयबल को व्यवस्था गराउनु हुन ।
७. खाडी तथा मलेशियाबाट आउने नेपालीहरुलाई क्वारेन्टाईनको नाउँमा उनीहरु कै खर्चमा जबर्जस्ती संघिय राजधानीका तारे होटलमा महँगो रेटमा बस्न बाध्य पारिएको छ । उक्त निर्णयमा तत्काल पुनर्विचार गरी उनीहरुलाई आ–आफ्नो ईच्छा र स्तर अनुसारका होटलहरुमा क्वारेन्टाईनका लागि बस्न पाउने अधिकार प्रदान गरिदिनु हुन ।
९. राज्यले अत्यावश्यक सेवामा राखेको तर लामो समयदेखि बन्द रहेका होटल व्यवसायलाई सरकारले जारी गरेको मापदण्ड अनुसारका सावधानीहरु अपनाएर खोल्न पाउने व्यवस्था तुरुन्त लागु गर्नु हुन ।
१०. लकडाउनका कारण यस क्षेत्रबाट बिस्थापित भई बेरोजगार भएका श्रमिक तथा मजदुरहरुलाई पुनर्ताजगी तालिमको व्यवस्था गरी रोजगारीको अवसर सिर्जना गरियोस् ।
११. मूलतः पर्यटनको मूल आधार तथा सार्वजनिक प्रकृतिको सेवा प्रदायक व्यवसायको रुपमा रहेको होटल व्यवसायमा हुन सक्ने संक्रमणको जोखिम र त्यसको न्यूनिकरणका लागि आवश्यक पर्ने स्वास्थ्यसँग सम्बन्धी सामाग्रीहरु सहुलियतमा उपलब्ध गराउने व्यवस्था मिलाइदिनु हुन ।
१२. संक्रमणको जोखिम बढ्दै जाँदा वर्तमान अवस्था लम्बिँदै जानसक्ने र यसका कारण आर्थिक भार दिनानुदिन झन झन बढ्न गई यस क्षेत्रका व्यवसायीहरु पलायन हुने अवस्था टड्कारो रुपमा देखिएकाले तत् पश्चात् राज्यमा आईपर्न सक्ने भयावह स्थितिलाई मध्यनजर गरी त्यसतर्फ पनि राज्यको ध्यान आकृष्ट गराई सोही बमोजिमको योजना तर्जुमा गरियोस् ।
१३. यस संघमा आवद्ध होटल तथा रेष्टुरेण्ट व्यवसायीहरु जिल्लाभरि छरिएर रहेका करिब ६ सयभन्दा बढी होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुलाई विद्यमान पर्यटन ऐनले सम्बोधन नगरेको हुँदा अहिले संशोधनको क्रममा रहेको पर्यटन ऐन २०७६ मा ती होटल व्यवसायलाई समेत समेट्ने गरी व्यवस्था गराउनु हुन ।
१४. स्थानीय सरकारमा पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व सम्बन्धी नीति नियम तथा अन्य आवश्यकीय नीति नियमको तर्जुमा गर्न बनाईने समिति तथा उपसमितिहरुमा यस संघको अनिबार्य प्रतिनिधित्व गराईयोस् ।

श्री प्रमुख जिल्ला अधिकारी ज्यू,
विश्व महामारीले आक्रान्त व्यवसायीहरुलाई जोगाईराख्न तत्कालका लागि अत्यन्तै अपरिहार्य देखिएका उल्लेखित मागहरुको कार्यान्वयनका लागि हाम्रो संघ जोडदार माग गर्दछ । साथै वर्तमान संकटले सबैभन्दा बढी प्रभावित यस क्षेत्रका व्यवसायीहरुको मागहरुप्रति राज्यले समयमै उचित ध्यान पु¥याओस् । अन्यथा समय मै यसको सुनुवाई भएन भने आगामी दिनमा पलायनको संघारमा रहेका हजारौँ व्यवसायीहरु बाध्यतावस आन्दोलनमा जानुपर्ने परिस्थितिको सिर्जना हुने व्यहोरा समेत ध्यानाकर्षण गराउन चाहन्छौँ ।

त्यसैगरी संघले अघिसारेका मागहरुका सम्बन्धमा यस संघ र सरकारका आधिकारिक निकायहरुको आपसी सहमति भएमा आवश्यक पुनरावलोकन गर्न सकिने समेत अवगत गराउन चाहन्छौँ । साथै स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्दै पर्यटन विकासका साथै राज्यमा रोजगारी सिर्जनाको अभियानमा यस नुवाकोट होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ सदैव लागिपर्ने कुरा श्रीमान् समक्ष विश्वास दिलाउँन चाहन्छौँ ।

अन्त्यमा,
पर्यटन विकास र हालको महामारी रोग नियन्त्रणको अभियानमा राज्यसँग सदैव एकाकार भएर अगाडि बढ्ने प्रतिवद्धताका साथ यस संघले अगाडि सारेका तमाम व्यवसायीहरुका समस्यालाई सरकारले यथाशीघ्र सम्बोधन गर्नेछ भन्ने पूर्ण विश्वास लिएका छौँ ।
धन्यवाद ।

मधुसुदन थपलिया
अध्यक्ष

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top