sujim advert

कमल र नग्मा अभिनित ‘मायामा मालामाल’ सार्वजनिक (भिडियो सहित)

    असार २२, २०७७

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

mina karki music video released
bidur tax consultancy services in nuwakot


गायिका मिना कार्कीको एल्बम “सदिक्षा” भित्र समावेश दोस्रो गीत ‘मायामा मालामाल’को म्युजिक भिडियो सार्वजनिक भएको छ।    

प्रेम भावको यस गीतमा स्वर सन्तोष श्रेष्ठ र मिना कार्कीको रहेको छ ।  गीतका शब्द डा नवि अधिकारी(टकिन्द्र)ले लेखेका हुन् भने संगीत गायक तथा संगीतकार सन्तोष श्रेष्ठको नै  रहेको छ । यस गीतलाई देवेन्द्र नेवाले संगीत संयोजन गरेका हुन्।  

म्युजिक भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ । सन्तोष राजबाहकको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडियोलाई उत्सव दाहालले छायाँकन र टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। ओएसार डिजिटल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

यसअघि आफ्नो पहिलो गीत ‘शिरमा शिरफुल’ सार्वजनिक गरेकी गायिका कार्की पेशागत हिसाबले एक अनुसन्धानकर्ता, सक्रिय स्वास्थ्यकर्मी, र सिनियर नर्स पनि हुन्।  एल्बम “सदिक्षा” भित्रका प्रत्येक गीतका  म्युजिक भिडियो  क्रमशः सार्वजनिक गर्दै जाने  गायिका कार्कीले  जानकारी गराएकी छन् ।

म्युजिक भिडियोलाई दर्शक ,स्रोताको सकारात्मक प्राप्त भैरहेको छ।  म्युजिक भिडियोलाई माया गरिदिन गायिका कार्कीले सम्पूर्ण संगीत प्रेमी र मिडिया हाउसलाई आग्रह गरेकी छिन। 

म्युजिक भिडीओ

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top