२०८०, १६ चैत्र शुक्रबार

स्थानीय युवाहरुले बनाए ढिकुरो पाटी

डबली खबर     असार २० २०७७ ००:२६

youth build a kiriyaputri trust in gangate bidur municipality puspa lal mid mountain highway
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – टोलटोलमा हुने विकास निर्माणको लागि स्थानीय सरकार नै गुहार्ने चलन रहेको छ। स्थानीय तहहरुले पनि वार्षिक योजना अनुरुपका कार्यक्रममा थपघट गरी आफ्ना मातहतका लागि मात्र बजेट विनियोजन गरेको देखिन्छ । तर विदुर नगरपालिका-५ गङ्गटेका ढोल्पे र भतेरीका स्थानीय युवाहरुले भने आफ्नै आर्थिक रकम सङ्कलन र श्रमदानबाट किरियापुत्री बस्ने पाटी निर्माण गरेका छन्।

बन्दाबन्दी समयमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ र ५ को संगमस्थलमा रहेको ढोल्पे खोल्सामा पर्ने स्थानमा परापूर्वकालदेखि नै पूर्वजहरुले शोकमा परेका आफन्तहरुले हिन्दु धार्मिक परम्परा अनुसार आफ्नो ढिकुरो उठाउने संस्कार गरिने स्थान ओझेल परेको हुनाले पछिल्लो युवापुस्ताहरुको जागरुकतामा ढिकुरो पाटी निर्माणमा गरिएको स्थानीय युवा विष्णु भुषण चित्रकारले बताए । लम्बिएको बन्दाबन्दीका कारण नुवाकोटका सर्वसाधारण प्रायः घरमै सिमित छन् । तर हामी युवाहरुले भने बन्दाबन्दीलाई अवसरका रुपमा लिई सामाजिक दूरी कायम राख्दै पाटी निर्माणमा जुटेको उनले बताए।

“स्थानीयमै सङ्कलित एक लाख रुपैयाँ नगद र ५० हजार बराबरको रड, जस्ता, सिमेन्ट, रोडा लगायतका जिन्सी सामाग्रीहरु सहयोग उपलब्ध भएकोमा साथीभाईहरुको श्रमदानबाटै किरीयापुत्री बस्ने ढिकुरो पाटी निर्माण गरिएको हो” उनले भने “यसै स्थानका युवा साथीभाईहरु वैदेशिक रोजगारको क्रममा विदेशमा रहेर पनि पाटी निर्माणको लागि आर्थिक रुपमा सहयोग उपलब्ध गराएको छ।”

पुष्पलाल मध्य पहाडी राजमार्गमा पर्ने र नगरपालिकाको व्यस्त बजारबाट नजिकै रहेको शान्त रमणीयस्थलमा निर्माण गरिएको पाटीको लागि हामीहरुले बन्दाबन्दी समयको सदुपयोग गर्दै “आफ्नै गाउँ आफै बनाऔं” भन्ने भावनाका साथ स्थानीय स्रोतसाधनको प्रयोग र जनश्रमदानबाट नै पाटी निर्माणमा गरिएको उनले बताए। पाटी निर्माण पश्चात् सबै जनाको सल्लाहमा उक्त स्थानलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि थप आर्थिक सहयोग जुटेमा गुरु योजना तयार गरी सम्बन्धित विज्ञहरुसँगको परामर्शकासाथ निर्माण कार्य अघि बढाईने उनले बताए। पाटी निर्माण भए पछि क्रियापुत्रीलाई राहत पुग्ने छ।

असार २ गतेदेखि पाटी बनाउन सुरु गरिएको उक्त पाटी १८ दिनमै तयार गर्न सकिएको अर्का युवा पुष्प श्रेष्ठले बताए। “पाटीको साथै स्टिल रेलिङ र वर्षायामको पानीको भल कटाउनको लागि पर्खाल पनि लगाईएको छ” उनले भने “रातको समयमा उज्यालो बनाउनको लागि सोलार बत्ति पनि जडान गरिएको छ।” स्थानीय ८० घरधुरीका परिवारहरुको प्रत्यक्ष संलग्नता पाटी निर्माण गर्न सहज भएको हो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top