+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा कोरोना संक्रमित दुई दर्जन पुग्यो

nuwakot coronavirus covid19 update nepal world
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – म्यागङ गाउँपालिकाका थप एक जनालाई कोरोना संक्रमण भएको पुष्टीसँगै नुवाकोटमा संक्रमितको संख्या २४ पुगेको छ ।

जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा म्यागङ गाउँपालिकाका ४२ वर्षिय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागर प्रसाद घिमिरेका जानकारी दिए।

संक्रमति बिरामी जिल्ला अस्पतालमा रहेको आइसोलेशन वार्डमा उपचारत थिए । बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पतालका मेडिकल सुपरीटेण्डन रेमकुमार राईले जानकारी दिए ।

हालसम्म नुवाकोटमा २३ जना संक्रमित भएका छन् भने १५ जना निको भइ घर फर्केका छन् । यस्तै ९ जना आइसोलेशनमा उपचारत रहेका छन् ।

बिहिबार मात्र दुई जना महिलाहरु कोरोना मुक्त भइ घर फर्केका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ