+
Search

ताजा अपडेट +

पपुलर +

सामुहिक खेतीमा कार्यकर्ता कुटिएकोमा राप्रपा नुवाकोटको ध्यानाकर्षण

rastriya prajatanra party nuwakot press released
डबली खबर
५ साल अगाडी

लिखु, नुवाकोट – सामुहिक खेति कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले आफ्ना कार्यकर्ता रामचन्द्र अगस्ती कुटिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नुवाकोटले ध्यानाकर्षण भएको जनाएको छ ।

मङ्गलबार पञ्चकन्या गाउँपालिका-१ का वडाध्यक्ष मणिनाथ लामिछानेले बोलाएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले सामुहिक खेती प्रवर्द्धनमा भष्ट्राचार भएको भन्ने समाचार विभिन्न अनलाईन मिडियाहरुबाट बाहिरिएपछि बुधबार आफु निकटका व्यक्तिहरुलाई बोलाएर अगस्तीलाई कुटपिट गर्न बैठक बोलाईएको घटनाक्रमले देखाएको पार्टीका द्वय अध्यक्ष कुलबहादुर खड्गी र विष्णुप्रसाद सापकोटाले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा “गाउँपालिकाका अध्यक्ष जस्तो गरिमामय पद र प्रतिष्ठाको समेत हेक्का नगरी अध्यक्ष श्रेष्ठले त्यस्तो हर्कत देखाउनु गैर लोकतान्त्रिक चरित्र भएको पार्टीको ठहर छ । गाउँपालिकाका अध्यक्षजस्तो व्यक्तिले पद र प्रतिष्ठाको इज्जत नराखी बैठकमा सुनियोजित तरिकाले हातपातमा उत्रनु लज्जास्पद र गैर जिम्मेवारीको पराकाष्ठा हो” भनिएको छ।

यस्तै राप्रपा नुवाकोटले उक्त घटनाको निष्पक्ष छानविन गरि कुटपिटमा उत्रने गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कारवाहीको माग गर्दै पिडित अगस्तीको स्वतन्त्र जीउन पाउने अधिकारको समेत रक्षा गर्न सबै सरोकारवालाहरुसँग आग्रह गरेको छ।

प्रेस विज्ञप्ति


राप्रपा नुवाकोटको ध्यानाकर्षण प्रेस

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ