विदुर – नुवाकोट जिल्लामा सबैभन्दा बढी तारकेश्वर गाउँपालिकामा कोरोनाभाइरस संक्रमण देखिएको छ। हालसम्म जिल्लामा ३५ जनामा कोरोना संक्रमणको पुष्टी हुदाँसम्म तारकेश्वरकका १५ जना संक्रमित भएका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाद घिमिरेका अनुसार तारकेश्वरमा शुक्रबार २ जना र शनिबार १ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट आज ३४ वर्षिय एक पुरुषमा कोरोनाको सङ्क्रमण पुष्टी भएको र बिरामीलाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको छ।
संक्रमण देखिएका सबै बिरामीहरुको अहिलेसम्म स्वास्थ्यस्थिति सामान्य नै देखिएको छ ।
अहिलेसम्म विदुर नगरपालिका र म्यागङ गाउँपालिका ४/४, तादी र दुप्चेश्वरमा ३/३, बेलकोटगढी नगरपालिका र किस्पाङका २/२ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले जानकारी दिए।
यस्तै, ककनी र पन्चकन्या गाउँपालिकाका १/१ जनामा कोरोना देखिएको छ भने सुर्यगढ़ी, लिखु र शिवपुरी गाउँपालिकामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।
तथ्यांकअनुसार संक्रमितमध्ये २५ जना स्वास्थ्योपचारपछि निको भएर घर फर्किसकेका छन् भने आईसोलेशनमा महिला १ र ९ पुरुष गरी १० जना बिरामी उपचारको क्रममा रहेको छ। जसमा जिल्ला अस्पतालमा ६ जना, खरानीटार अस्पतालमा ३ र १ जना पाटन अस्पतालमा रहेका छन्।
प्रतिक्रिया