+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा सनराइज बैंकको पोस मेसिन र क्युआर कोड सेवा

sunrise bank distribute pos machine and qr code to business stakeholder in nuwakot
डबली खबर
५ साल अगाडी

विदुर, नुवाकोट – सनराइज बैंकले बैंकिङ्ग व्यवसायिक कारोबारमा सहज गराउनको लागि नुवाकोट मुख्य बजार क्षेत्रमा रहेका व्यवसायिक संस्थाहरुमा डिजिटल भुक्तानी सेवा अनुसार पोइन्ट अफ सेल (पोस) मेसिन र क्युआर कोड उपलब्ध गराएको छ ।

धेरै समयको लकडाउनको कारण बैंकका ग्राहकसँग नगद अभाव हुनसक्ने तथा एटिएमसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले सोमबार विदुर नगरपालिकाका विभिन्न स्थानमा रहेका व्यवसायिक संस्थाहरुमा यस्तो सेवा उपलब्ध गराएको बैंकका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठले बताए ।

ग्राहकले उक्त व्यवसायिक स्थानमा सामग्रीहरू खरिद गरेपछि एटिएम कार्ड स्वाप गरी भुक्तानी गर्न सकिनेछ भने मोबाइल बैंकिङ्गको प्रयोग गरी क्युआर कोडबाट सामग्रीहरूको रकम भुक्तानी गरेपछि सिधै‌ सम्बन्धित व्यवसायीको बैंक खातामा जम्मा गर्न सकिनेछ।

बैंकले देशभरका १३० वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५४ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, के मा कति ?

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ