+
Search

ताजा अपडेट +

पपुलर +

होटलमा तास खेल्ने १० जना पक्राउ

डबली खबर
६ साल अगाडी

नुवाकोट – विदुर नगरपालिका बट्टारस्थित एक होटलमा तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी टोलीले २ नम्बर वडाको सताञ्चुली होटलमा छापा मार्दा नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तासको खालवाट १ लाख ६ हजार ३५ रुपैयाँ बरामद भएको छ। गोप्य सूचना आउने वित्तिकै छापा मारिएको प्रहरीले जनाएको दिए।

प्रहरीले हाेटल सञ्चालक पदम उप्रेती, ठाकुर पुडासैनी, दिलबहादुर तामाङ, दिपेन्द्र ओली, विष्णु न्यौपाने, भीम खतिवडा, वासुदेव गजुरेल, दिपक सिंखडा, नारायण जी राई र डम्बर श्रेष्ठलाई तासको खालबाट रंगेहात पक्राउ गरेको छ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ