काठमाडौँ – नेपाल सरकारले जारी गरेको नयाँ नक्सा निसान छापमा समेटिने संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएसँगै नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
सर्वसाधारणको जानकारीका लागि नेपाल राजपत्रमा बिहीबार नै नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रकाशित भएको हो ।
राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै नेपालको संविधान (दोस्रो संशोधन) २०७७ लागू भइसकेको छ । प्रतिनिधिसभाबाट जेठ ३१ र राष्ट्रिय सभाबाट असार ४ गते संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको थियो ।
प्रतिक्रिया