२०८१, १४ बैशाख शुक्रबार

चक्र देव पोलिक्लिनिकका चिकित्सक र कर्मचारीको बीमा

    जेष्ठ २३ २०७७ १५:५९

corona virus covid19 hospital insurance nuwakot nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – चक्र देव पोलिक्लिनिकले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्नका लागि पोलिक्लिनिक कार्यरत चिकित्सक, नर्स र कर्मचारीको बीमा गराएको छ ।

पोलिक्लिनिकले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको अवस्थामा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीको मनोबल उच्च राख्न बीमा गरेको पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशिल पण्डितले जानकारी दिए ।

कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सबै चिकित्सक, नर्स तथा कर्मचारीको रु एक लाख बराबर १३ जनाको बीमा गरेको पोलिक्लिनिकका प्रबन्धक निर्देशक सुशिल पण्डितले जानकारी दिए ।

पोलिक्लिनिकले नेको इन्स्योरेन्स लिमिटेडसँग समन्वय गरी प्रतिव्यक्ति एक लाखको बीमा गरिएको र छ सय रुपैयाँ प्रिमियम बुझाउनुपर्ने व्यवस्था गरेको पण्डितले जानकारी दिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top