२०८१, १९ बैशाख बुधबार

संगम सहकारीले गर्‍यो शेयर सदस्यहरुको कोरोना बिमा

डबली खबर     जेष्ठ २१ २०७७ २२:१३

corona virus covid19 cooperative insurance nuwakot nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोभिड–१९ बाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न आफ्ना शेयर सदस्यहरुको कोरोना बिमा गरेको छ ।

सहकारीले सगरमाथा इन्स्योरेन्स कम्पनीसँग समन्वय गरी प्रतिव्यक्ति एक लाखको बिमा गरिएको र छ सय रुपैयाँ प्रिमियम बुझाउनुपर्ने व्यवस्था गरेको सहकारीका अध्यक्ष नारायण श्रेष्ठले बताए ।

पिसिआरमार्फत कोरोना पोजेटिभ देखिएमा प्रिमियम बुझाए अनुरुपको दावी भुक्तानी गर्न पाइने अध्यक्ष श्रेष्ठले बताए ।

यस अघि सहकारीले लकडाउनका कारण मारमा परेका आफ्ना शेयर सदस्य र सदस्यहरुका लागि सहकारीले व्याज सहुलियत तथा छुटको कार्यक्रम समेत ल्याएको सहकारीका व्यवस्थापक अजयकुमार थापाले बताए ।

सदस्य र समूदायको हितमा काम गर्दै आएको सहकारीले आगामी असार मसान्तसम्मको व्याजमा १० प्रतिशत व्याज छुट दिने कार्यक्रम ल्याएको थियो ।

यो पनि पढ्नुहोस्;

संगम सहकारीका सदस्यलाई व्याजदरमा छुट

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top