२०८१, ६ बैशाख बिहीबार

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

डबली खबर     बैशाख ३१ २०७७ ०७:४२

nepal district coronavirus covid-19 confirmed 217 people
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोनाभाइरस सङ्क्रमित भेटिएका छन् । मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन् । यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि भएको थियो पछिल्लो पटक पर्साका १८, धनुषाका दुई, भक्तपुरका २, काठमाडौँ र सर्लाही एकएक जना संक्रमित फेला परेका हुन् ।

मुलुकका विभिन्न जिल्लामा गरेर मंगलबार थप ८३ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित भएका मध्ये सबैभन्दा बढी पर्सामा ५७ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि सोमबार एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरूको सङ्क्रमण भएको बताए । योसँगै हालसम्म सङ्क्रमितको सङ्ख्या २१७ पुगेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट मंगलबार रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो । यसअघि सोमबार १३४ जना सङ्क्रमित पुगेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top